
नेपाल प्रहरीका पूर्व महानिरीक्षक अच्युतकृष्ण खरेलको ‘आत्मकथा’ शनिबार राजधानीमा विमोचन गर्दै पूर्व राष्ट्रपति डा रामबरण यादव । तस्वीर – रोशन सापकोटा, रासस
काठमाडौँ, २० असोज – नेपाल प्रहरीका पूर्वमहानिरीक्षक अच्युतकृष्ण खरेलको ‘आत्मकथा’ विमोचन गरिएको छ ।
प्रहरी सङ्गठनमा तीनदशक काम गर्नुभएका खरेलले सङ्गठनमा काम गर्दा भोगेका सुख, दुःखका क्षणलाई समेटेर तयार पार्नुभएको पुस्तकको आज पूर्वराष्ट्रपति डा रामवरण यादव र अमर प्रहरी पत्नी वृन्द्रा अधिकारीले संयुक्तरुपमा विमोचन गर्नुभएको हो ।
सो अवसरमा पूर्वराष्ट्रपति डा यादवले पञ्चायतकालदेखि बहुदलीय व्यवस्थासम्म भोगेका भोगाइ समेटेर प्रहरी सङ्गठन प्रमुखले लेखेको पुस्तक वर्तमान र भावी पुस्ताका लागि पठनीय भएको बताउनुभयो । उहाँले आफू राजनीति जीवनबाट राष्ट्रपति बनेको बताउँदै राजनीतिकर्मी र प्रहरीबीचको सम्बन्धका बारेमा समेत पुस्तकमा उल्लेख गरिएको बताउनुभयो । “आउने पुस्ताले पुस्तकबाट पाठ सिक्नु जरुरी छ”, उहाँले भन्नुभयो ।
पुस्तकका बारेमा चर्चा गर्दा राजनीतिशास्त्री हरि शर्माले पुस्तकमा लेखकको कालखण्डको इतिहास झल्केको बताउनुभयो । “एक व्यक्तिको आत्मकथाबाट अर्को व्यक्ति मञ्जुर हुनुपर्छ भन्ने छैन, हरेक व्यक्तिको आआफ्नो आत्मकथा हुन्छन्”, उहाँले भन्नुभयो ।
लेखकले प्रहरी निरीक्षकमा खेलाडीका रुपमा प्रवेश गरेर सर्वोच्च पद आइजिपीसम्म पुग्दा गरेका सङ्घर्षलाई पुस्तकमा समावेश गरेको शर्माले बताउनुभयो । पुस्तकमा लेखकले विभिन्न घटना, परिघटना समावेश गर्नुभएको शर्माको भनाइ छ ।
लेखक एव्म पूर्वमहानिरीक्षक खरेलले जागिरको दौरानमा भएका अविस्मरणीय क्षणलाई पुस्तकमा समावेश गरेको बताउनुभयो । “पञ्चायतकालमा जागिर खाँदा होस् या बहुदल आएपछि जागिर खाँदा होस् यी सबै घटनालाई पुस्तकमा समावेश गरेको छु”, उहाँले भन्नुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित