काठमाडौँ, २८ भदौ – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले ब्रिटिश गोर्खा सैनिकले उठाउँदै आएका माग सम्बोधनका लागि पहल गर्ने विश्वास दिलाउनुभएको छ ।
ब्रिटिश गोर्खा भूतपूर्व सैनिक र उनका परिवारलाई ‘वंशजका आधारमा नेपाली नागरिकताको निरन्तरता तथा पूँजी पलायन’ विषयक कार्यशालालाई आज यहाँ सम्बोधन गर्दै उहाँले बेलायतमा रहेका गोर्खा सैनिकलाई दिइने सुविधा तथा नागरिकताको निरन्तरताको मागलाई सम्बोधन गर्न प्रयास गर्ने बताउनुभयो ।
“वंशजका आधारमा प्राप्त गरेको नागरिकतालाई खोस्ने भन्ने विषय नेपालको संविधानमा व्यवस्था छैन, तपाईहरु नेपाली नागरिक नै हो । तपाईहरुको मागका विषयमा सरकारले सम्बोधन गर्छ”, अध्यक्ष दाहालले भन्नुभयो ।
राष्ट्रियताका आधारमा ब्रिटिस सैनिक नेपाली भएको र नागरिकतासमेत वंशजका आधारमा नेपाली नागरिक नै भएकाले कानूनी तथा संवैधानिक विषयमा धेरै समस्या नभएको उल्लेख गर्नुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, “यो पूर्व सैनिकको मात्रै नभई नेपालको चासो हो । सन् १९४७ को नेपाल, भारत र बेलायतको सहमतिअनुसार पनि बेलायती सैनिक र नेपाली सैनिकका बीचमा समानताको अधिकार स्थापित गरेको भए पनि केही अधिकारमा कमी भएको भन्ने गुनासो क्रमशः सम्बोधन भएको तथा केही अझै पनि प्राप्त गर्न बाँकी रहेको देखिएको छ ।”
उहाँले बेलायती सेनामा कार्यरत ब्रिटिश गौर्खा सैनिकको अलगअलग परिभाषा नगरिँदासमेत समस्या देखिएको भन्दै उहाँले त्यसलाई थप स्पष्ट पारिने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “यो विषय पूर्वसैनिकको पहिचान र अधिकार मात्रै नभएर नेपालको राष्ट्रियता, सार्वभौमसत्ताको विषय हो । मैले पनि बेलायत सरकारका उच्च अधिकारीसँग यस विषयमा छलफल गरेको थिए । त्यसलाई थप स्पष्ट पार्नु जरुरी छ ।”
उहाँले गैरआवासीय नेपालीलाई राजनीतिक अधिकारबाहेक सबै हकअधिकार दिने व्यवस्था गरिएको भन्दै उहाँले ब्रिटिश गोर्खा सैनिकलाई पनि अधिकार सम्पन्न बनाउन प्रयन्तशील रहेको बताउनुभयो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा