
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । फाइल तस्वीर – नवीन पौडेल/रासस
काठमाडौँ, १९ भदौ – प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पार्टीको तल्ला तहको एकता एवं सरकारको काम कारवाहीबारे छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको छलफलमा प्रदेश र जिल्ला तहको पार्टी एकतालाई शीघ्र निष्कर्षमा पुरयाउने तथा जनवर्गीय सङ्गठनको एकतालाई टुङ्गोमा पुरयाउने विषयमा विचारविमर्श भएको थियो ।
प्रदेश, जिल्ला र जनवर्गीय सङ्गठनको एकताका लागि गठित अधिकांश कार्यदलले प्रतिवेदन बुझाएका छन् । तर पार्टीको सचिवालय बैठक बस्न नसक्दा ती प्रतिवेदन कार्यान्वयन हुन सकेको छैन । यस्तै छलफलमा सरकारको काम कारवाही र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत कुराकानी भएको बुझिएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा