
काठमाडौँको कलंकी चोकमा निमार्ण सम्पन्न भएको सव वे । केही दिनभित्र यस सव वेबाट यातायात सञ्चालन भएपछि कलंकीमा हुने सवारी जाम हटनेछ । तस्बिर – प्रदीपराज वन्त, रासस
काठमाडौँ, १ भदौ – नेपालको पहिलो एवम् बहु प्रतीक्षित कलङ्की अण्डरपास सञ्चालनमा आएको छ ।
अण्डरपास सञ्चालनमा आएसँगै उपत्यका बाहिरिने र भित्रिने प्रमुख नाका कलङ्कीमा जाम कम हुने विश्वास गरिएको छ । चार लेनको अण्डरपासमध्ये आजदेखि दुई लेन खुला गरिएको चक्रपथ सुधार आयोजना प्रमुख प्रकाश भण्डारीले जानकारी दिनुभयो ।
“दुई लेनमा निर्माण सामग्री राखिएकाले पञ्छाउन एक महिना लाग्छ, एक महिनापछि अण्डरपास चार लेनमै चल्छ, अण्डरपासमा सवारी चालकलाई बानी पार्न एक हप्ता लाग्ने विश्वास गरिएको छ,” उहाँले भन्नुभयो ।
चीन सरकारको आर्थिक सहयोगमा कोटेश्वर–कलङ्की सडक विस्तारअन्तर्गत अण्डरपास निर्माण भएको हो । साउन पहिलो सातामै खोल्ने भनिए पनि निर्माण सम्पन्न नभएकाले अण्डरपास खोल्न समय लागेको थियो ।
अण्डरपास सञ्चालनमा ल्याउँदा सडक विभागले कुनै औपचारिक कार्यक्रम भने गरेन । परीक्षणका रुपमा सडक खोलिएकाले पछि औपचारिक कार्यक्रम गर्ने आयोजना प्रमुख भण्डारीले बताउनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
सुकुम्बासी आमाहरुको नाममा [कविता]
तमु प्ये ल्हु संघ यूकेको टोलीद्वारा क्होला अध्ययन-अवलोकन भ्रमण सम्पन्न
सीएनसीबीजी यूकेले काठमाडौंमा खोल्यो सम्पर्क कार्यालय
काठमाडौं थापाथलीको सुकुमवासी बस्ती हटाउन थालियो, बिहानैदेखि चल्यो डोजर
चार मिस नेपाल र दिल श्रेष्ठको जोडी ‘माया भनेकै यस्तो होला’ मा
‘लिब्जु–भुम्जु पुरस्कार’ ऋषि र कमललाई
बेलायतमा नेपाल पहिल्यै लोकप्रिय : राजदूत रोर्वट फेन
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले अदालतको फैसला स्वीकार गर्ने
बेलायतको साउथह्यारोमा नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाइयो
पुन मगर समाज युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा तुलचन्द्र तिलिजा पुन मगर