
लन्डन । कप्तान पारस खड्काले इंग्ल्यान्ड भ्रमणमा सानदार शतक बनाएका छन् । पारसको १ सय ६१ रनमा नेपाली टोली शनिबार पहिलो अभ्यास खेलमा ह्याम्पसायर होग्स क्रिकेट क्लबविरुद्ध पूरा ५० ओभर खेलेर ३ सय ६२ रनमा अलआउट भएको थियो ।
ओपनर ज्ञानेन्द्र मल्ललाई ५ रनमै गुमाएपछि आएका पारसले १ सय ६ बलको इनिङ्समा १९ चौका र ७ छक्का प्रहार गरे । तीन वर्षको अन्तरालपछि राष्ट्रिय टोलीमा पुनरागमन गरिरहेका अर्का विकेटकिपर सुवास खकुरेल ११ रनमा आउट भए । शरद भेषावकर १४ रनमा आउट भएपछि पारसले दीपेन्द्रसिंह ऐरी, आरिफ शेख र रोहितकुमार पौडेलसंग मिलेर इनिङ्स उकासेका थिए ।
दीपेन्द्रले ३७ र आरिफले २७ रन बनाए । पारस ३८ औं ओभरमा आउट भएपछि नेपालको रनमा केही अंकुश लागे पनि रोहितले पुनः खुलेर खेले । रोहितले ३४ बलमा ५ चौका र १ छक्का प्रहार गरी ४४ रन बनाए । दीपेन्द्रले ४६ बल खेल्दै ५ चौका र आरिफले २५ बल खेल्दै ३ चौका प्रहार गरे । करण केसी १८ तथा सन्दीप लामिछाने र ललितसिंह भण्डारी समान १६ रनमा आउट भए । ललित इनिङ्सको अन्तिम बलमा पेभेलियन फर्किए । नटआउट ललितनारायण राजवंशीको खातामा २ रन थियो । स्थानीय टोलीका मिल्स कोभरले ३ विकेट लिए ।
ह्याम्पसायरले ३० वर्षपछि अन्तर्राष्ट्रिय टोलीलाई आफ्नो मैदानमा बोलाएर खेलेको हो ।
नेपालले थप तीन अभ्यास खेल खेलेपछि लर्डसमा एकदिने ट्वान्टी–२० त्रिकोणात्मक शृंखलामा सहभागिता जनाउने छ । त्यसमा मेरिलेबोन क्रिकेट क्लब र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि नेपालले एमस्ट्राडममा गएर नेदरल्यान्ड्ससँग वान–डे अन्तर्राष्ट्रिय खेल्नेछ । नेपालले पहिलोपल्ट वान–डे अन्तर्राष्ट्रिय खेल्न लागेको हो । इकान्तिपुर
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान