
राष्ट्रपति भवन शितलनिवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाउँनु हुँदै नेपालका लागि नवनियुक्त भेनेजुयलाका राजदुत अगस्टो मोन्टीयल । तस्बिर – प्रदीपराज वन्त, रासस
काठमाडौँ, १३ असार – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि विभिन्न चार देशका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा नेपालका लागि जापानी राजदूत मासामिचिसाइगो (आवासीय), नेपालका लागि ट्युनिसियाका राजदूत नेज्मेदिन लखाल (गैरआवासीय), नेपालका लागि डेनमार्कका राजदूत पिटर ताकोसे जेन्सेन (गैरआवासीय) र नेपालका लागि भेनेजुयलाका राजदूत अगस्टो मोन्टियल (गैरआवासीय) ले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो ।
उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीको समेत उपस्थिति रहेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । राजदूतहरुलाई काठमाडौँस्थित होटल सांग्रिलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो ।
राष्ट्रपतिसँग राष्ट्रसंघका उपमहासचिवको शिष्टाचार भेट
राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेको संयुक्त राष्ट्रसंघका उपमहासचिव जेयन–पिर्रे लक्रोइस्को प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा आज भएको भेटमा संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति स्थापना कार्यमा नेपालले निर्वाह गरिरहेको भूमिकाका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीको समेत उपस्थिति थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा