
राष्ट्रपति भवन शितलनिवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाउँनु हुँदै नेपालका लागि नवनियुक्त भेनेजुयलाका राजदुत अगस्टो मोन्टीयल । तस्बिर – प्रदीपराज वन्त, रासस
काठमाडौँ, १३ असार – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि विभिन्न चार देशका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा नेपालका लागि जापानी राजदूत मासामिचिसाइगो (आवासीय), नेपालका लागि ट्युनिसियाका राजदूत नेज्मेदिन लखाल (गैरआवासीय), नेपालका लागि डेनमार्कका राजदूत पिटर ताकोसे जेन्सेन (गैरआवासीय) र नेपालका लागि भेनेजुयलाका राजदूत अगस्टो मोन्टियल (गैरआवासीय) ले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो ।
उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीको समेत उपस्थिति रहेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । राजदूतहरुलाई काठमाडौँस्थित होटल सांग्रिलादेखि शीतलनिवाससम्म बग्गीमा सवार गराइएको थियो ।
राष्ट्रपतिसँग राष्ट्रसंघका उपमहासचिवको शिष्टाचार भेट
राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेको संयुक्त राष्ट्रसंघका उपमहासचिव जेयन–पिर्रे लक्रोइस्को प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा आज भएको भेटमा संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति स्थापना कार्यमा नेपालले निर्वाह गरिरहेको भूमिकाका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त भेटका अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीको समेत उपस्थिति थियो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]