काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभाको भोलिको बैठकमा जानकारी गराउने भएका छन् ।
ओली चीनको छ दिने राजकीय भ्रमण पूरा गरी यही असार १० गते स्वदेश फर्केका थिए । प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभाको बैठकमा जानकारी गराउने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले भ्रमणबारे आज प्रतिनिधिसभा बैठकमा दिउँसो २ बजे जानकारी गराउने कार्यक्रम तय भए पनि प्राविधिक कारण स्थगित गरिएको उनको निजी सचिवालयले जनाएको छ ।
ओलीले आज नै शितल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो चीन भ्रमणबारे जानकारी गराएका थिए ।
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा