काठमाडौँ-पत्रकार रवि लामिछानेले अमेरिकी राहदानी र नागरिकता परित्यागसम्बन्धमा निवेदन दिएको जानकारी गृह मन्त्रालयबाट बिहीबार अपराह्न प्रेस काउन्सिल नेपालमा प्राप्त भएको काउन्सिलले जनाएको छ ।
चार वर्षदेखि नेपालको अध्यागमन, श्रम र प्रेस कानुन उल्लंघन गरेको भनी लामिछानेमाथि आवश्यक कारवाही गर्न काउन्सिलमा परेको उजुरीमाथि छानवीन गर्ने क्रममा गत चैत २३ गते स्पष्टीकरण सोधिँदा उनले आफू विदेशी नागरिक नभएको, पत्रकार पनि नरहेको र श्रम इजाजत लिएको दावीसहित काउन्सिललाई गत वैशाख ६ गते लिखित जवाफ दिएका थिए । उनी ‘न्यूज २४’ टिभीमा कार्यरत छन् ।
सामाजिक सञ्जालमार्फत ‘अशिष्ट, अपुष्ट र आपत्तिजनक’ टिप्पणी काउन्सिलका सन्दर्भमा राख्दै आएपछि काउन्सिलले उनको नेपाल बसाइ र यहाँ रहँदा काम गर्ने वैधताबारे सम्बन्धित निकायमा यही असार ४ गते पत्राचार गरेको र त्यसको ४८ घण्टा नबित्दै असार ६ गते लामिछानेले आफूले अमेरिकी दूतावासमा रु दुई लाख ५८ हजार ५०० दस्तुर बुझाई अमेरिकी नागरिकता र राहदानी परित्याग गरेको जानकारी गराउँदै अध्यागमन विभागलाई निवेदन दिएको जनाइएको छ ।
नेपालमै रही सञ्चारसम्बद्ध पेशा व्यवसायमा संलग्न हुने उनको व्यक्तिगत रुचिको कदर गर्दै काउन्सिलले उनलाई सार्वभौम राष्ट्रको प्रचलित नियम, कानुन, विधि, प्रक्रियाको पूर्ण परिपालना गर्न, पेशागत मर्यादामा ध्यान दिन तथा आफ्ना लेखाइ वा प्रस्तुतिमा शिष्टता, जिम्मेवारीबोध र पेशागत शुद्धताको ख्याल गर्दै विद्युतीय कारोवार ऐनलगायत तत्सम्बन्धी प्रचलित अन्य कानूनको समेत उल्लंघन नहुनेमा ध्यान पुरयाउन निर्देशन दिएको काउन्सिलका सहप्रशासकीय अधिकृत दीपक खनालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
काउन्सिलले पत्रकारिता पेशाको उच्चतम आचरण पालनामार्फत् यसको गरिमा र पत्रकारको पेशागत सुरक्षा तथा प्रतिष्ठा प्रवर्धनमा क्रियाशील रहेको बताउँदै पवित्र ध्येयका साथ संस्थाबाट भए गरिएका कुनै पनि कामकारवाहीमाथि बदनियतपूर्ण र अवाञ्छित टीकाटिप्पणी कसैकसैबाट भइरहेको पाइएकाले सोप्रति दुःख व्यक्त गर्दै तथ्यसहितको तर्कविना कुनै पनि खालका सतही टीकाटिप्पणी नगर्न-नगराउन सम्बद्ध पक्षमा आग्रह गरेको छ ।
तमु धीं यूकेले थाल्यो ‘त ल्हो’ ल्होछार उत्सव-२०२५ को तयारी
चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ
खेलकुद तथा व्यापार महोत्सवमा ‘लन्डन ब्रिज’को रौनक
नेपालको राष्ट्रपतिका राजनीतिक सल्लाहकार थापा बेलायत भ्रमण सकेर स्वदेश फिर्ता
फिलिपिन्समा चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्यो
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
‘जारी २: सङ अफ च्याब्रुङ’ र ‘मन बिनाको धन’ एकसाथ प्रदर्शनमा