काठमाडौँ-कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपतिशम्शेर जबरा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बीच एकताका लागि औपचारिक रुपमा आजदेखि प्रक्रिया शुरु भएको छ ।
दुई दलबीच वैचारिक र सैद्धान्तिक आधार संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र हुनुपर्ने विषयलाई प्राथमिकतामा राखिएको छ । दुवै दलबाट गठित कार्यदलले आज पहिलो पटक गरेको छलफलमा गत दुई वर्ष अगाडि दुवै दलबीच एकता महाधिवेशन हुँदा ती विषय सर्वसम्मत रुपमा पारित भएका कारण त्यसलाई आधार बनाएर जान सुझाव दिइएको छ ।
वार्तामा एकताको स्वरुप कस्तो हुने, अध्यक्षात्मक तथा बहुपदीय स्वरुपमा संगठनलाई कसरी विकास गर्ने, शक्ति पृथक्कीकरणलगायत विषयमा छलफल भएको राप्रपा (प्रजातान्त्रिक) का प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए ।
बैठकमा राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्ष टंक ढकाल र महामन्त्री राजेन्द्र लिङ्देन तथा राप्रपा (प्रजातान्त्रिक) बाट दीपक बोहरा, विक्रम पाण्डे र ठाकुर शर्माको सहभागिता थियो । प्रथम चरणको एकता वार्ता सकारात्मक रहेको र चाँडै अर्को पटक बस्ने सहमति भएको गुरुङले जानकारी दिए ।
हाल राप्रपाका तीन समूह छन् जसमा एकीकृत राप्रपा (राष्ट्रवादी) को नेतृत्व डा प्रकाशचन्द्र लोहनीले गरेका छन् । स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचनमा पराजित भएपछि तीनै समूह एकताका लागि जुर्मुराएका छन् ।
विसं २०४७ जेठ १५ गते राप्रपा(थापा) र राप्रपा (चन्द) जन्मी विभिन्न टुक्रामा विभाजन, एकता र पुनःविभाजन भएको छ ।
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण