
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणवारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत । तस्बिर- अजयकुमार साह धनुषा रासस
जनकपुरधाम-प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ गते हुने जनकपुरधाम भ्रमणलाई पर्वका रूपमा मनाउन प्रदेशवासीलाई आग्रह गरेका छन् ।
भ्रमणलाई सभ्य र भव्य बनाउन आ–आफ्नो घर अगाडि सरसफाइ गर्न तथा फूलमालाको सजावटसहित पानीले भरिएको पूजा कलश राख्न उनले सर्वसाधारणसँग अनुरोध गरेका छन् ।
प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकाद्वारा मंगलबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले भारतका प्रधानमन्त्री मोदीलाई बाह्रविघामा गरिने नागरिक अभिनन्दन समारोहस्थलमा सर्वसाधारणलाई प्रवेश गर्न कुनै पासको आवश्यक नपर्ने जानकारी दिए ।
सर्वसाधारणलाई समारोहस्थलमा प्रवेशका लागि उत्तरतर्फको प्रवेशद्वारबाट सहज प्रवेशको व्यवस्था गरिएको बताउँदै उनले समारोहस्थलमा १० बजेसम्म प्रवेश गरिसक्नुपर्ने व्यवस्था गरिएको बताए ।
मुख्यमन्त्री राउतले अभिनन्दन समारोहमा आठ जिल्लाका पाँच लाख नागरिक सहभागी हुने अनुमान गरिएको बताए । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले अभिनन्दन समारोहको युद्धस्तरमा तयारी भइरहेको जानकारी दिए ।
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग