
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणवारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत । तस्बिर- अजयकुमार साह धनुषा रासस
जनकपुरधाम-प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ गते हुने जनकपुरधाम भ्रमणलाई पर्वका रूपमा मनाउन प्रदेशवासीलाई आग्रह गरेका छन् ।
भ्रमणलाई सभ्य र भव्य बनाउन आ–आफ्नो घर अगाडि सरसफाइ गर्न तथा फूलमालाको सजावटसहित पानीले भरिएको पूजा कलश राख्न उनले सर्वसाधारणसँग अनुरोध गरेका छन् ।
प्रदेश सरकार र जनकपुरधाम उपमहानगरपालिकाद्वारा मंगलबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री राउतले भारतका प्रधानमन्त्री मोदीलाई बाह्रविघामा गरिने नागरिक अभिनन्दन समारोहस्थलमा सर्वसाधारणलाई प्रवेश गर्न कुनै पासको आवश्यक नपर्ने जानकारी दिए ।
सर्वसाधारणलाई समारोहस्थलमा प्रवेशका लागि उत्तरतर्फको प्रवेशद्वारबाट सहज प्रवेशको व्यवस्था गरिएको बताउँदै उनले समारोहस्थलमा १० बजेसम्म प्रवेश गरिसक्नुपर्ने व्यवस्था गरिएको बताए ।
मुख्यमन्त्री राउतले अभिनन्दन समारोहमा आठ जिल्लाका पाँच लाख नागरिक सहभागी हुने अनुमान गरिएको बताए । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले अभिनन्दन समारोहको युद्धस्तरमा तयारी भइरहेको जानकारी दिए ।
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ