
ब्रिटिस गोर्खा भूतपूर्व सैनिकको हकहितको लागि विभिन्न मागका बारेमा जानकारी दिन मंगलबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका संयोजक कृष्णबहादुर राईलगायत । तस्विर- प्रदीपराज वन्त, रासस
काठमाडौँ, २५ वैशाख – गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले आफ्ना जायज माग पूरा हुने स्थिति उत्पन्न भएको जनाउँदै बेलायत सरकारसमक्ष ११ बुँदे माग पेश गरेको छ ।
यहाँ आज आयोजित पत्रकार सम्मेलनमा समितिले निवृत्तिभरण सुविधावापतको रकम भारतीय बैंकमार्फत नभई नेपाल राष्ट्र बैंकबाट स्टर्लिङ पाउण्डमा उपलब्ध हुनुपर्ने तथा बेलायती गोर्खाका १८ वर्षभन्दा माथिका आश्रितका सन्तानलाई निःशर्त बेलायतको आवासीय अनुमतिपत्र उपलब्ध गराउनुपर्ने माग गरेको छ ।
समितिका संयोजक कृष्णबहादुर राईले लेबर पार्टीका सांसद वीरेन्द्र शर्मासमक्ष मागपत्र प्रस्तुत गरे ।
राससको जिज्ञासामा सांसद शर्माले भूतपूर्व गोर्खा सैनिकका समस्या समाधान गर्न बेलायत सरकार सकारात्मक रहेको जानकारी दिँदै त्यस विषयलाई निष्कर्षमा टुंग्याउन आफू निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
आफू विपक्षी दलको सांसद भएकाले सत्तापक्षलाई घच्घच्याउनु आफ्नो कर्तव्य भएको बताउँदै उहाँले भूपू गोर्खा सैनिकको लडाँइमा आफू पनि साथै रहेको स्पष्ट गर्नुभयो ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
निवर्तमान गृहमन्त्री सुधन गुरुङबारे तमु समाज यूकेले भन्यो – ‘निष्पक्ष छानबिन सुनिश्चित गरियोस्’