बुधबार, मंसिर १० २०७७ | Wed, November 25, 2020
नेपालको समय: ०२:४८ | UK Time: 21:03

मोदीलाई काठमाडौँ महानगरपालिकाले नागरिक अभिनन्दन गर्ने

रासस
२०७५ वैशाख २३ गते ११:५४

नरेन्द्र मोदी

काठमाडौँ,२३ वैशाख – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौँ महानगरपालिकाले यही वैशाख २९ गते नागरिक अभिनन्दन गर्ने तयारी गरेको छ ।

वैशाख २८ गते नेपाल भ्रमणमा आउने प्रधानमन्त्री मोदीलाई कामपाले अपराह्न २.४५ बजे अभिनन्दन गर्ने कामपाका सहप्रवक्ता नवराज ढकालले जानकारी दिए ।

ढकालका अनुसार अभिनन्दनपूर्व कामपा प्रमुख विद्यासुन्दर शाक्यले भारतीय प्रधानमन्त्रीलाई महानगरको कलात्मक साँचो पनि हस्तान्तरण गर्नुहुनेछ । साँचो हस्तान्तरणको अर्थ ‘विशिष्ट अतिथिका लागि महानगर खुला छ’ भन्ने हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक