बुटवल-प्रधानमन्त्री केपी शर्मा ओलीले सबै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रणालीको अन्त्य गरिने बताएका छन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई आइतबार लुम्बिनीमा सम्बोधन गर्दै उनले कानुन निर्माण गरेर प्रधानमन्त्री कुलपति हुने परिपाटीको अन्त्य गर्न लागिएको जानकारी दिए ।
विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्रीले विश्वविद्यालयले बौद्ध दर्शनको विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै भने, “बुद्ध शिक्षा सामान्य कुरा होइन, यो २५६२ वर्षसम्म रहेको छ, हामीले पनि देश निर्माणमा बुद्ध मार्ग अवलम्बन गर्नुपर्छ ।” प्रधानमन्त्री ओलीले बौद्ध विश्वविद्यालयलाई विदेशी विद्यार्थी पढाउने थलोका रुपमा विकास गर्न सरकारले सघाउने बताए ।
कार्यक्रममा दीक्षान्त मन्तव्य दिँदै बुद्धिष्ट एण्ड पाली विश्वविद्यालय श्रीलंकाका उपकुलपति प्रा डा गल्ल्येसुमन थेरोले बौद्ध दर्शनको विकासमा विश्वविद्यालयको भूमिका महत्वपूर्ण रहने बताए ।
कार्यक्रममा शिक्षामन्त्री तथा सह-कुलपति गिरीराजमणि पोखरेलले लुम्बिनी बिश्वविद्यालय फरक भाषामा अध्यापन गराउने विश्वविद्यालय भएकाले यसलाई बृहत्तर बनाइनुपर्ने बताए ।
त्यस अवसरमा विश्वविद्यालयका उपकुलपति नरेशमान बज्राचार्य, रजिष्ट्रार तिलकराम आचार्य, डीन माणिकरत्न शाक्यलगायतले बोलेका थिए । विश्वविद्यालयबाट विद्यावारिधि र स्नातकोत्तर तहमा गरी १०७ विद्यार्थी दीक्षित भएका छन् ।
एनआरएनएको १२औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा सुरु
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी