बुटवल-प्रधानमन्त्री केपी शर्मा ओलीले सबै विश्वविद्यालयको कुलपति प्रधानमन्त्री हुने प्रणालीको अन्त्य गरिने बताएका छन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई आइतबार लुम्बिनीमा सम्बोधन गर्दै उनले कानुन निर्माण गरेर प्रधानमन्त्री कुलपति हुने परिपाटीको अन्त्य गर्न लागिएको जानकारी दिए ।
विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्रीले विश्वविद्यालयले बौद्ध दर्शनको विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै भने, “बुद्ध शिक्षा सामान्य कुरा होइन, यो २५६२ वर्षसम्म रहेको छ, हामीले पनि देश निर्माणमा बुद्ध मार्ग अवलम्बन गर्नुपर्छ ।” प्रधानमन्त्री ओलीले बौद्ध विश्वविद्यालयलाई विदेशी विद्यार्थी पढाउने थलोका रुपमा विकास गर्न सरकारले सघाउने बताए ।
कार्यक्रममा दीक्षान्त मन्तव्य दिँदै बुद्धिष्ट एण्ड पाली विश्वविद्यालय श्रीलंकाका उपकुलपति प्रा डा गल्ल्येसुमन थेरोले बौद्ध दर्शनको विकासमा विश्वविद्यालयको भूमिका महत्वपूर्ण रहने बताए ।
कार्यक्रममा शिक्षामन्त्री तथा सह-कुलपति गिरीराजमणि पोखरेलले लुम्बिनी बिश्वविद्यालय फरक भाषामा अध्यापन गराउने विश्वविद्यालय भएकाले यसलाई बृहत्तर बनाइनुपर्ने बताए ।
त्यस अवसरमा विश्वविद्यालयका उपकुलपति नरेशमान बज्राचार्य, रजिष्ट्रार तिलकराम आचार्य, डीन माणिकरत्न शाक्यलगायतले बोलेका थिए । विश्वविद्यालयबाट विद्यावारिधि र स्नातकोत्तर तहमा गरी १०७ विद्यार्थी दीक्षित भएका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा