
प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्ष भित्र निरक्षरता हटाउने अभियान अन्तर्गत राधिका शाक्यले टोमा लामा र कार्मा नाम्ग्याल लामाकी छोरी छेरिङ छोन्तोलाई बुद्ध मावि विद्यालयमा भर्ना गरिदिनु भएको छ । रारा पर्यटन महोत्सवमा प्रधानमन्त्रीसंगै पुग्नुभएका प्रधानमन्त्री पत्नी शाक्यले भर्ना सप्ताह सुरु भएको अवसरमा ती बालिकाको अभिभावकत्व लिंदै विद्यालयमा भर्ना गरिदिनुभएको हो । तस्वीर सौजन्य – प्रधानमन्त्रीको सचिवालय
काठमाडौँ, १ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियानअनुसार मुगुका एकजना विद्यार्थीलाई विद्यालय भर्ना गर्नुभएको छ ।
मुगुको मुगुम कार्मारोंग गाउपालिका वडा नं ८ निवासी आमा छिजु तामाङ र बाबु कार्मा टोन्डु लामाका छ वर्षीया छात्रा थिल्ने साङ तामाङलाई प्रधानमन्त्रीले विद्यालय भर्ना गर्नुभएको हो । विसं २०६८ चैत १९ गते जन्मिएकी तामाङलाई बुद्ध मावि मांग्रीमा विद्यालय भर्ना गरिएको हो ।
छात्राको अभिभावकत्व ग्रहणको पुस्तिकामा हस्ताक्षर गर्नुभएका प्रधानमन्त्रीले तामाङलाई पोशाक र पुस्तक प्रदान गर्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री पत्नी राधिका शाक्यले पनि बुद्ध माविमा छेरिङ छोन्तोम लामालाई विद्यालय भर्ना गर्नुभएको छ । शाक्यले टोमा लामा र कार्मा नाम्ग्याल लामाकी छोरी छेरिङको अभिभावकत्व पनि ग्रहण गर्नुभएको छ । छेरिङ २०६७ माघ १७ गते जन्मिएकी हुन् ।
रारा पर्यटन महोत्सवमा पुग्नुभएका प्रधानमन्त्रीले भर्ना सप्ताह शुरु भएको अवसरमा ती बालिकाको अभिभावकत्व लिँदै विद्यालय भर्ना गरिदिनुभएको हो ।
प्रधानमन्त्रीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियान घोषणा गर्दै एक व्यक्तिले कम्तीमा एकजना विद्यार्थीको अभिभावकत्व ग्रहण गरि विद्यालय भर्ना अभियानमा सघाउन अपिल गरिसक्नुभएको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]