लन्डन । च्यारिटी कार्यक्रमबाट आजित बेलायतको नेपाली समुदायले अप्रिल तेश्रो साता भने केही फरक अनुभूति गर्ने भएको छ । भरपुर मनोरन्जनको प्याकेजसहित नेपाली कला संस्कृतिको प्रवर्धन र नव प्रतिभालाई मञ्च दिन लन्डनमा युरोपस्तरिय नृत्य तथा गायन प्रतियोगिता हुंदैछ ।
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेले इनास युरोपको सहकार्यमा आगामी अप्रिल २२ का दिन छैठौं इनास युरोप महादेशस्तरिय एकल नेपाली नृत्य र तेश्रो गायन प्रतियोगिता गर्न लागेको जानकारी दिएको छ । शहीद उद्यम सिंह एसियन कम्युनिटी सेन्टरमा अपरान्ह कार्यक्रम हुन लागेको हो ।
बुधबार सांझ एभरेष्ट इन ब्ल्याकहिथमा आयोजित पत्रकार सम्मेलनमा इनास यूके पदाधिकारीले ति प्रतियोगिताको अन्तिम तयारी भइरहेको जनाए । कार्यक्रम संयोजक तथा इनास यूके उपाध्यक्ष प्रमोदराज न्यौपानेले २१ अप्रिलमा युरोप इनास छैठौं बैठक, बन्द सत्र र वार्षिक कार्ययोजनाबारे छलफल हुने तथा भोलिपल्ट २२ अप्रिलमा नृत्य र गायन प्रतिष्पर्धा गरिने जानकारी दिए ।
संयोजक न्यौपानेका भनाइमा डेनमार्क, जर्मनी, पोल्याण्ड, बेल्जियम, नेदरल्याण्ड, फिनल्याण्ड, स्वीटजरल्याण्ड, इटाली, स्पेन र बेलायत गरि दश युरोपेली देशका कुल ४८ प्रतियोगीले प्रतिष्पर्धा गर्दैछन् । कार्यक्रममा नेपाल र अमेरिकाबाट समेत कला क्षेत्रका हस्तीहरु मधु क्षेत्री, धिरेन शाक्य, दमन रुपाखेती, कृष्णभक्त महर्जन, नारायण पुरी, परशुराम रिजाल आदि अतिथीका रुपमा सहभागी हुने आयोजकले जनाएका छन् ।
निर्णायकहरु इनास कार्यसमिति बाहिरबाट राखिनेछ ।
लन्डनमा अडिसनपछि छानिएका तीन तीन जनाले बेलायतको प्रतिनिधित्व गर्दै गायन र नृत्य प्रतियोगितामा भाग लिने छन् भने अन्य देशका दुई जना प्रतिष्पर्धामा उत्रनेछन् । गायन र नृत्य प्रतियोगिता दुवैमा एउटा आइटम लोक संस्कृति झल्कने र बांकी आफूखुशी प्रस्तुत गर्न सकिने आयोजकले जानकारी दिए ।
प्रतियोगितामा प्रथम पुरस्कार स्वरुप विजेताले ७०१ युरो नगद, ट्रफी र सर्टिफिकेटका साथै मोडलिङ र गीत रेकर्डिङको अवसर पाउनेछ भने फस्ट र सेकेन्ड रनर हुने प्रतिभाले क्रमशः ५०१ र ३०१ युरो, ट्रफी र सर्टिफिकेट पाउनेछन् । ति विजेतालाई इनासको सदभावना दूत बनाइ युरोपका विभिन्न फोरममा सहभागी गराइने आयोजकको दावी छ ।
पत्रकार सम्मेलनमा इनास यूके प्रमुख संरक्षक तथा ग्लोवल महासचिव मनिषकुमार श्रेष्ठले कार्यक्रम व्यवस्थित रुपमा सम्पन्न गर्न ठूलो चुनौति र जिम्मेवारी रहेको बताउंदै सहयोगका लागि समस्त मिडियाकर्मी समक्ष अपिल गरे ।
इनास यूके अध्यक्ष रजनी सुनुवार, महासचिव सञ्जय भक्त कंडेल र प्रतियोगिता संयोजक न्यौपानेले सञ्चारकर्मीहरुको जिज्ञासा मेटाउंदै कार्यक्रम सफल पारिदिन सबैमा अनुरोध गरे ।
कार्यक्रममा सल्लाहकारहरु यादव भण्डारी, दीपक श्रेष्ठ लगायतले शुभकामना दिंदै आ आफ्ना सुझाव सल्लाह दिएका थिए ।
नेपाली कला, संस्कृति, भाषा, साहित्यको प्रवर्धन र संवर्धन गर्ने उद्देश्यले इनास सञ्जाल हाल विश्वका ६५ देशमा फैलिइसकेको छ ।
तस्विर गणेश खड्का/यूके नेपाल लाइभ
साउथ ईष्ट लन्डनमा ‘मिलारेपा’ मञ्चन हुँदै, निर्देशक बुद्धि तामाङ उपस्थित हुने
अमेरिकासँग तत्काल वार्ताको सम्भावना नभएको इरानी कुटनीतिज्ञको भनाइ
एनआरएनए अध्यक्षमा यूके निवासी डा. हेमराज शर्मा निर्विरोध
एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास
यी हुन् नेकपा र राप्रपाबाट छानिएका समानुपातिक सांसद [सूची]
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो