प्रधानमन्त्रीले नयाँ वर्षमा देशवासीलाई राराबाट सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट वैशाख १ गते देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

कर्णाली प्रदेशले आयोजना गर्ने ‘पर्यटन वर्ष २०७५’ को उद्घाटन गर्न रारा ताल जाने र सोही स्थानबाट उनले देशवासीलाई सम्बोधन गर्ने भएका हुन् ।

नेपाल ट्रेड यूनियन महासंघ (जिफण्ट) को सातौ महाअधिवेशनको बुधबार राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो जानकारी दिए ।

“कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन वर्ष २०७५ को पहिलो पर्यटक म नै हुन्छु”, प्रधानमन्त्री ओलीले भने, “राराबाट यसपालि पर्यटनको बिगुल बजाइनेछ ।”

समृद्ध नेपालको मुख्य आधार पर्यटन भएकाले त्यसको प्रवर्धनमा सबै क्षेत्र लाग्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री