काठमाडौँ-नेकपा एमालेका नेता डा राजन भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको एजेण्डा तय गर्न आन्तरिक गृहकार्य शुरु भइसकेको बताएका छन् । बुधबार राजधानीमा आयोजित साक्षात्कारमा नेता भट्टराईले आसन्न भारत भ्रमणमा दुई देशबीचको कूटनीतिक सम्बन्ध बलियो बनाउने र आर्थिक विषयमा कुराकानी हुने जानकारी दिए ।
भ्रमणका समय धेरै कुरामा हात हाल्ने भन्दा पनि महत्वपूर्ण विषयमा मात्रै कुरा राख्ने प्रधानमन्त्रीको दृष्टिकोण रहेको बताउँदै उनले भने, “हामीले खासगरेर भारतसँग पूर्वाधार विकासमा जोड दिएका छौँ ।” समयसीमाभित्रै सम्पन्न आयोजनामा केन्द्रित रहेर कुराकानी गरिने बताउँदै उनले भने, “भारतसँग हाम्रो बहुआयामिक सम्बन्ध छ, हवाई, विद्युत्, जलस्रोत, कृषिसम्बन्धी जोडिएका विषयमा पनि कुरा हुन्छ, नेपालमा भ्रमणको तयारी भइरहेको छ ।”
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकमा राजनीतिक स्थिरता कायम भएको हुँदा अब प्रधानमन्त्री ओलीले वैदेशिक लगानीको विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले वाम गठबन्धनले चुनावमा जनता सामु गरेका प्रतिबद्धता अब सरकारले पूरा गर्नुपर्ने बताउँदै आगामी नीति तथा कार्यक्रममा देशले समृद्धि हासिल गर्ने गरी सरकारले आफ्ना योजना ल्याउनुपर्ने विचार राखे ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा शंकर शर्माले प्रधानमन्त्रीले आसन्न भारत भ्रमणमा लगानीको विषयमा कुरा गर्नुपर्नेमा जोड दिँदै नेपालको व्यापार घाटा भारतसँग भएका कारण स्वदेशी सामान बढीभन्दा बढी भारत निर्यात गर्ने गरी दृष्टिकोण राख्नुपर्ने बताए ।
मुलुकमा पूँजीगत खर्च हुन नसकेको अवस्थामा रोजगारी सिर्जना नहुने हुँदा विकासका लागि सरकारले पूँजीगत खर्च बढाउनुपर्नेमा उनले जोड दिए ।
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?