काठमाडौँ-नेकपा एमालेका नेता डा राजन भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको एजेण्डा तय गर्न आन्तरिक गृहकार्य शुरु भइसकेको बताएका छन् । बुधबार राजधानीमा आयोजित साक्षात्कारमा नेता भट्टराईले आसन्न भारत भ्रमणमा दुई देशबीचको कूटनीतिक सम्बन्ध बलियो बनाउने र आर्थिक विषयमा कुराकानी हुने जानकारी दिए ।
भ्रमणका समय धेरै कुरामा हात हाल्ने भन्दा पनि महत्वपूर्ण विषयमा मात्रै कुरा राख्ने प्रधानमन्त्रीको दृष्टिकोण रहेको बताउँदै उनले भने, “हामीले खासगरेर भारतसँग पूर्वाधार विकासमा जोड दिएका छौँ ।” समयसीमाभित्रै सम्पन्न आयोजनामा केन्द्रित रहेर कुराकानी गरिने बताउँदै उनले भने, “भारतसँग हाम्रो बहुआयामिक सम्बन्ध छ, हवाई, विद्युत्, जलस्रोत, कृषिसम्बन्धी जोडिएका विषयमा पनि कुरा हुन्छ, नेपालमा भ्रमणको तयारी भइरहेको छ ।”
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकमा राजनीतिक स्थिरता कायम भएको हुँदा अब प्रधानमन्त्री ओलीले वैदेशिक लगानीको विषयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । उनले वाम गठबन्धनले चुनावमा जनता सामु गरेका प्रतिबद्धता अब सरकारले पूरा गर्नुपर्ने बताउँदै आगामी नीति तथा कार्यक्रममा देशले समृद्धि हासिल गर्ने गरी सरकारले आफ्ना योजना ल्याउनुपर्ने विचार राखे ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा शंकर शर्माले प्रधानमन्त्रीले आसन्न भारत भ्रमणमा लगानीको विषयमा कुरा गर्नुपर्नेमा जोड दिँदै नेपालको व्यापार घाटा भारतसँग भएका कारण स्वदेशी सामान बढीभन्दा बढी भारत निर्यात गर्ने गरी दृष्टिकोण राख्नुपर्ने बताए ।
मुलुकमा पूँजीगत खर्च हुन नसकेको अवस्थामा रोजगारी सिर्जना नहुने हुँदा विकासका लागि सरकारले पूँजीगत खर्च बढाउनुपर्नेमा उनले जोड दिए ।
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक