
लन्डन । बेलायत बस्ने एकजना नेपालीले हयाम्पसायरको बेजिङस्टोकस्थित आधा शताब्दी पुरानो सरकारी कलेजमा गभर्नरको नियुक्ति पाएका छन् । बेलायतमा ब्यवसायिक एवं समाजसेवीको रुपमा परिचय बनाएका शिवजी श्रेष्ठलाई क्रान्बोर्न विजनेश एण्ड इन्टरप्राइज कलेज,
बेजिङस्टोकको गभर्निङ बडीले चार वर्ष (२०१८-०२२) को लागि गभर्नर नियुक्त गरेको हो ।
विद्यालय स्तरमा अन्य केहि नेपाली गभर्नरको रुपमा कार्य गरेपनि कलेज स्तरमा सम्भवतः आफू पहिलो गर्भनर भएको श्रेष्ठले बताए ।श्रेष्ठले गभर्नरको रुपमा गभर्निङ बडीमा रहेर कलेज प्रमुख, उपप्रमुखको नियुक्ति देखि कलेजको भिजन, योजना एवं नीति निर्माण, कलेजको आर्थिक ब्यवस्थापन, कलेजको स्तर, कार्यसम्पादनको सुपरिवेक्षण लगायतका कार्यहरुमा सहभागी हुनुपर्नेछ ।
यसअघि सन् २०१३ मा वेल्सस्थित ग्लान हाफ्रन स्कुलको गभर्नरको रुपमा कार्य गरिसकेका श्रेष्ठ बेलायतको प्रमुख प्रतिपक्षी लेबोर पार्टीको बेजिङस्टोकको ब्लाक, एसियन माइनोरिटी एथ्निक अफिसर (प्रमुख) को रुपमा राजनीतिमा पनि सक्रिय छन् ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी