काठमाडौं, १३ चैत – नयाँ पुनःगठन भएका मन्त्रालयको सांगठनिक संरचना तयार पारिएको प्रतिवेदन स्वीकृतका लागि मन्त्रिपरिषद् बैठकमा पेश गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुराना मन्त्रालयबाट पुनःगठन गरी बनाइएका नयाँ मन्त्रालयको सांगठनिक संरचना तयार पारी प्रतिवेदन पेश गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रशासकीय सुधार शाखाका प्रमुख खगराज बरालले जानकारी दिए ।
पुनःगठित मन्त्रालयको संरचनासहितको प्रतिवेदन सोमबार मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको हो । पेश गरिएको प्रतिवेदन मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि नयाँ मन्त्रालयको नयाँ संरचना बनाइने प्रमुख बरालले बताए ।
प्रतिवेदनमा मन्त्रालयमा चाहिने विभाग, महाशाखा, शाखाको स्वरुपसहित आवश्यक कर्मचारीको पनि संख्या उल्लेख गरिएको छ ।
मन्त्रालयको सांगठनिकस्वरुप तयार पार्नका लागि मन्त्रालयका सचिव शंकरप्रसाद कोइरालाको अध्यक्षतामा संगठन तथा व्यवस्थापन समितिसमेत गठन गरिएको थियो । समितिको सदस्यमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक सहसचिव, अर्थ मन्त्रालयका एक सहसचिव, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव र सम्बन्धित मन्त्रालयका सहसचिव रहनुभएको थियो ।
प्रतिवेदनअनुसार मन्त्रालयको पुनःगठन गर्नका लागि छ महिनाको समय लाग्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव शिवराम न्यौपानले बताए ।
सरकारले ३१ वटा मन्त्रालयबाट पुनःगठन गरेर २१ मन्त्रालय कायम गरेको छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
नेपालका राष्ट्रपति पौडेलद्वारा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीलाई शपथ
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा