काठमाडौँ-सरकारले लामो समयदेखि चर्चामा रहेको पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजना अगाडि बढाउन भारत सरकारसँग विशेष आग्रह गर्ने भएको छ ।
सरकारले विगत २२ वर्षदेखि चर्चामा मात्रै सिमित रहेको सो आयोजनालाई सरकारले विशेष प्राथमिकतामा राखेको भन्दै तत्काल विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत टुंगो लगाउनुपर्नेमा जोड दिएको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई नेपाल र भारतको नमूना परियोजना बनाउने गरी अगाडिको कार्ययोजनासमेत तयार पार्नुपर्ने बताए ।
मन्त्री पुनसँग शिष्टाचार भेटमा नेपालका लागि भारतका राजदूत मञ्जिवसिंह पुरीले पनि भारत सरकारले सो आयोजनालाई प्राथमिकतामा राखेको बताए ।
ऊर्जा मन्त्रालयमा आज मन्त्री पुन र भारतीय राजदूतबीच भएको भेटवार्तामा नेपालले आयात गरिरहेको विद्युत् र नेपाल भारत सम्बन्धका बिबिध विषयमा कुराकानी भएको ऊर्जा मन्त्रीको सचिवालयले जनाएको छ ।
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?