सरकारको प्राथमिकतामा पञ्चेश्वर, अगाडि बढाउन भारत सरकारसँग विशेष आग्रह गर्ने

काठमाडौँ-सरकारले लामो समयदेखि चर्चामा रहेको पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजना अगाडि बढाउन भारत सरकारसँग विशेष आग्रह गर्ने भएको छ ।

सरकारले विगत २२ वर्षदेखि चर्चामा मात्रै सिमित रहेको सो आयोजनालाई सरकारले विशेष प्राथमिकतामा राखेको भन्दै तत्काल विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत टुंगो लगाउनुपर्नेमा जोड दिएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई नेपाल र भारतको नमूना परियोजना बनाउने गरी अगाडिको कार्ययोजनासमेत तयार पार्नुपर्ने बताए ।

मन्त्री पुनसँग शिष्टाचार भेटमा नेपालका लागि भारतका राजदूत मञ्जिवसिंह पुरीले पनि भारत सरकारले सो आयोजनालाई प्राथमिकतामा राखेको बताए ।

ऊर्जा मन्त्रालयमा आज मन्त्री पुन र भारतीय राजदूतबीच भएको भेटवार्तामा नेपालले आयात गरिरहेको विद्युत् र नेपाल भारत सम्बन्धका बिबिध विषयमा कुराकानी भएको ऊर्जा मन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री