काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले काठमाडौँ उपत्यकादेखि संगठन सुदृढीकरणको अभियान शुरु गरेर देशभर सञ्चालन गर्ने भएको छ ।
पार्टी अध्यक्ष पशुपति शम्शेर जवराको अध्यक्षतामा आइतबार बसेको उच्चस्तरीय कार्य सम्पादन समितिको बैठकले मुलुकको विकास र जनताको समृद्धिमा पार्टीका राजनीतिक गतिविधि सञ्चालन गरी बलियो पार्टी निर्माण गर्ने निर्णय गरेको प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए ।
बैठकले जयकुमार खड्काको संयोजकत्वमा १५ सदस्यीय काठमाडौँ उपत्यका समन्वय समिति गठन गरेको छ । यही चैत १५ गतेभित्र समितिलाई पूर्णता दिई संगठन निर्माणको अभियान शुरु गरिनेछ ।
बैठकमा अध्यक्ष राणाले पार्टीले निर्वाचनमा अपेक्षाकृत सफलता हासिल गर्न नसकेको भए पनि विचलित नभइकन जनताको सेवालाई केन्द्रमा राखेर कार्य सम्पादन गर्न निर्देशन दिएको प्रवक्ता गुरुङले बताए ।
पार्टीले देशमा युवा वर्गलाई उत्पादनसँग जोड्ने, औद्योगिक विकासमा उनीहरुलाई आकर्षित गर्ने, जनवर्गीय संगठन, पार्टीको केन्द्रीय नेतृत्वमा युवालाई ल्याउने नेतृत्वदायी भूमिका विकास गर्नुपर्ने बैठकले निष्कर्ष निकालेको छ ।
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै