काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले काठमाडौँ उपत्यकादेखि संगठन सुदृढीकरणको अभियान शुरु गरेर देशभर सञ्चालन गर्ने भएको छ ।
पार्टी अध्यक्ष पशुपति शम्शेर जवराको अध्यक्षतामा आइतबार बसेको उच्चस्तरीय कार्य सम्पादन समितिको बैठकले मुलुकको विकास र जनताको समृद्धिमा पार्टीका राजनीतिक गतिविधि सञ्चालन गरी बलियो पार्टी निर्माण गर्ने निर्णय गरेको प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए ।
बैठकले जयकुमार खड्काको संयोजकत्वमा १५ सदस्यीय काठमाडौँ उपत्यका समन्वय समिति गठन गरेको छ । यही चैत १५ गतेभित्र समितिलाई पूर्णता दिई संगठन निर्माणको अभियान शुरु गरिनेछ ।
बैठकमा अध्यक्ष राणाले पार्टीले निर्वाचनमा अपेक्षाकृत सफलता हासिल गर्न नसकेको भए पनि विचलित नभइकन जनताको सेवालाई केन्द्रमा राखेर कार्य सम्पादन गर्न निर्देशन दिएको प्रवक्ता गुरुङले बताए ।
पार्टीले देशमा युवा वर्गलाई उत्पादनसँग जोड्ने, औद्योगिक विकासमा उनीहरुलाई आकर्षित गर्ने, जनवर्गीय संगठन, पार्टीको केन्द्रीय नेतृत्वमा युवालाई ल्याउने नेतृत्वदायी भूमिका विकास गर्नुपर्ने बैठकले निष्कर्ष निकालेको छ ।
फ्लोरिडा एयरपोर्टको नाम राष्ट्रपति ट्रम्पको नामबाट राखिने घोषणा
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण