पूर्व प्रधानमन्त्री सुशील कोइरालाका भाइ विजयको निधन

तस्वीर- हिमाल दैनिक

काठमाडौँ- नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाका भाइ विजयकुमार कोइरालाको बिहीबार निधन भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ७४ वर्षीय कोइरालाको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान निधन भएको कांग्रेसले जनाएको छ ।

कांग्रेस बाँकेका नेता कोइरालाले नेपालमा लोकतन्त्र स्थापना र पुनःस्थापना तथा लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

कोइरालाको निधनप्रति कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्दै कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुरयाएको योगदानको स्मरण गर्दै उनको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री