काठमाडौँ- नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाका भाइ विजयकुमार कोइरालाको बिहीबार निधन भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ७४ वर्षीय कोइरालाको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान निधन भएको कांग्रेसले जनाएको छ ।
कांग्रेस बाँकेका नेता कोइरालाले नेपालमा लोकतन्त्र स्थापना र पुनःस्थापना तथा लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
कोइरालाको निधनप्रति कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गर्दै कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुरयाएको योगदानको स्मरण गर्दै उनको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?