लन्डन । बेलायतमा पहिलो पटक आयोजना गरिएको ‘लन्डन कविता कन्सर्ट’ का मुख्य आकर्षण कवि नवराज पराजुलीको सम्मानसहित विदाइ गरिएको छ । मंगलबार सांझ कन्सर्ट मुख्य आयोजक नेपलिज ब्रिटिश कम्युनिटी (एनबीसी) यूकेले एक समारोहबीच कवि पराजुलीलाई सम्मान तथा विदाइ गरेको हो ।
नेपलिज ब्रिटिश कम्युनिटी यूकेले एनआरएनए यूके भाषा तथा साहित्य विभागको सह-आयोजनामा ग्रीनफोर्ड टाउन हलमा गत १० मार्चमा कविता कन्सर्ट गरेको थियो । उक्त कन्सर्ट द्वन्द्व पीडित बालबालिकालाई आश्रय दिइरहेको सर्लाही घुरक्यौलीस्थित ‘चेतना सन्देश नेपाल’ नामक संस्थाको सहयोगार्थ गरिएको थियो ।
कन्सर्ट गरेर कवि फर्किएपनि आर्थिक सहयोग पठाउन भने बांकी छ । केही प्रायोजकहरु र सह आयोजक एनआरएनए यूकेले नै प्रतिवद्धता गरेको रकम दिन बांकी रहेकाले चन्दा पठाउन नपाइएको एनबीसी यूके अध्यक्ष मिलन घिमिरेले जानकारी दिए ।
उनका अनुसार, करिब ७ हजार पाउण्ड खर्च कटाएर १० लाख रुपैयां नेपाल पठाउने योजना छ । ‘तर, प्रायोजकहरुले दिएनन् भने त त्यति रकम पनि पठाउन नसकिने स्थिति छ’, घिमिरेले भने, ‘हामीलाई आशा छ प्रतिवद्धता रकम छिट्टै आउने छ ।’
विदाइ समारोहमा कवि पराजुलीले आफ्नो कार्यक्रम सफल पारिदिएकामा समस्त श्रोता र आयोजकप्रति आभार व्यक्त गरे । उनले बेलायत भ्रमण धेरै अविष्मरणीय भएको बताए ।
कन्सर्ट संयोजक तथा संस्थाका सल्लाहकार रामशरण सिम्खडाले कविता कन्सर्ट आयोजना एउटा ‘दुस्साहस’ थियो भन्दै सफल बनाउन अहोरात्र खटिने सबैप्रति कृतज्ञता प्रकट गरे । ‘धेरैले एकादेशको दन्त्य कथा पनि भने’, उनले कार्यक्रम गर्दाको अनुभव स्मरण गरे, ‘चुनौतिपूर्ण थियो तर टिम वर्कले हामी सफल भयौं ।’
सिम्खडाले कवि पराजुलीको हार्दिकता र परोपकारी भाव उल्लेख गर्दै कविता कन्सर्टले नयां ट्रेन्ड स्थापित गर्ने विश्वास समेत व्यक्त गरे ।
एनआरएनए आइसीसी उपाध्यक्ष कुल आचार्यले गैर आवासीय नेपाली संघले भाषा, साहित्य विभाग गठन गरि नेपाली भाषा, संस्कृतिको जगेर्ना र श्रष्टाहरुको सम्मानमा जुटिरहेको बताए । आचार्यले कन्सर्टले समुदायमा बेग्लै र सकारात्मक सन्देश दिएको बताए ।
कार्यक्रममा एनबीसी यूके पूर्व अध्यक्ष गंगाबहादुर राना, एनआरएनए यूके भाषा तथा साहित्य विभाग प्रमुख नारायण गाउंले, नेपाल पत्रकार महासंघ बेलायतका उपाध्यक्ष ध्रुवराज अर्यालले कन्सर्ट अनुभव सुनाए ।
एनबीसी यूके सचिव चुरामणी रेग्मीले सञ्चालन गरेको उक्त कार्यक्रममा संस्थापक अध्यक्ष कमल पौडयालले स्वागत मन्तव्य र कन्सर्ट सह- संयोजक तथा संस्थाका सल्लाहकार कृष्ण तिमल्सेनाले धन्यवाद सहित आ-आफ्नो अनुभूति सुनाए ।
कार्यक्रममा मिडिया पार्टनरको भूमिका निर्वाह गर्ने पत्रकार शिव भण्डारी, गोल्ड प्रायोजक विकास नेपाल र सचिव चुरामणी रेग्मीलाई सम्मान गरियो ।
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित