काठमाडौँ-नेपाली कांग्रेसले संसदीय दलको मुख्य सचेतकमा प्रतिनिधिसभा सदस्य बालकृष्ण खाणलाई मनोनयन गरेको छ । पार्टी सभापति एवं संसदीय दलको नेता शेरबहादुर देउवाले पार्टीको संसदीय दलको विधानअनुरुप नेता खाणलाई मुख्य सचेतकमा मनोनयन गरेको संसदीय दलका नेताको निजी सचिवालयले जनाएको छ ।
विसं २०४४ मा नेपाल विद्यार्थी संघको अध्यक्षमा निर्वाचित खाणले त्यसको ठिक १० वर्षपछि अर्थात २०५४ सालमा नेपाल तरुण दलको अध्यक्षको जिम्मेवारी पाएका थिए।
विसं २०५६ देखि पार्टीको केन्द्रीय सदस्य रहेका खाणसँग तीन पटक विभिन्न मन्त्रालयको नेतृत्व सम्हालेको अनुभव छ । यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उनले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
संघीय संसद्मा प्रमुख प्रतिपक्षमा रहेको कांग्रेसले सरकारसँग सहकार्य गरेर दलको भूमिकालाई सशक्त तुल्याउनु पर्ने कार्य उनका लागि निकै चुनौती र अवसरका रुपमा छ ।
मुख्य सचेतकमा मनोनयन भएपछि उनले कांग्रेसले संघीय संसद्मा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिक्रिया दिए ।
मुख्य सचेतक खाणले भने, “बहुलबादमा आधारित शासन व्यवस्थाको रक्षार्थ कांग्रेस सशक्त पहरेदारको भूमिकामा रहनेछ, सरकारको राम्रो कामको समर्थन गर्ने छ, तर राष्ट्रहित र जनताका अधिकार कुण्ठित गर्ने प्रयास भएमा प्रखररुपमा उत्रने छ ।”
नेपाली जनताको लामो संघर्ष र चाहनाअनुरुप संविधानसभाबाट जारी भएको नेपालको संविधानको प्रस्तावनामा उल्लेख भएका विषयवस्तु तथा मूल्यमान्यताको रक्षाका लागि आम जनतामा सकारात्मक सन्देश प्रवाह गर्ने कार्यलाई आगामी दिनमा पार्टीले प्रभावकारी ढंगबाट अघि बढाउने उनले बताए ।
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?