लण्डन- रुसी कुटनीतिज्ञहरुले बेलायत छोड्ने तयारी गरिरहेका छन् । उनीहरुलाई यही मार्च १५ मा एक हप्ताभित्र बेलायत छोड्न समय दिइएको थियो ।
बेलायतमा रहेका २३ जना रुसी कुटनीतिज्ञलाई देश निकाला गर्ने निर्णय बेलायतले गरेपछि उनीहरुले भोलिसम्ममा देश छोड्ने तयारी गरिरहेका बताइएको छ ।
विष सेवन गराएर एकजना पूर्व रूसी गुप्तचर र उहाँकी छोरीको हत्या प्रयास गरेको आरोपमा बेलायतले २३ जनालाई देश निकालाको निर्णय गरेको हो ।
यसअघि अमेरिका लगायतका देशहरूले पनि बहुचर्चित विष आक्रमणको घटनामा रुस नै दोषी रहेको बताएका थिए ।
अघिल्लो बुधबार बेलायती प्रधानमन्त्री टेरेजा मेले २३ जना रुसी कूटनीतिज्ञलाई देश निकालाको घोषणा गर्नुभएको थियो ।
पूर्व गुप्तचर ६६ वर्षका सेर्गेइ स्क्रिपाल र उहाँकी ३३ वर्षकी छोरी युलीआविरुद्ध हत्या प्रयासमा यी रुसीहरुको हात रहेको बताइएको छ ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी