लण्डन- रुसी कुटनीतिज्ञहरुले बेलायत छोड्ने तयारी गरिरहेका छन् । उनीहरुलाई यही मार्च १५ मा एक हप्ताभित्र बेलायत छोड्न समय दिइएको थियो ।
बेलायतमा रहेका २३ जना रुसी कुटनीतिज्ञलाई देश निकाला गर्ने निर्णय बेलायतले गरेपछि उनीहरुले भोलिसम्ममा देश छोड्ने तयारी गरिरहेका बताइएको छ ।
विष सेवन गराएर एकजना पूर्व रूसी गुप्तचर र उहाँकी छोरीको हत्या प्रयास गरेको आरोपमा बेलायतले २३ जनालाई देश निकालाको निर्णय गरेको हो ।
यसअघि अमेरिका लगायतका देशहरूले पनि बहुचर्चित विष आक्रमणको घटनामा रुस नै दोषी रहेको बताएका थिए ।
अघिल्लो बुधबार बेलायती प्रधानमन्त्री टेरेजा मेले २३ जना रुसी कूटनीतिज्ञलाई देश निकालाको घोषणा गर्नुभएको थियो ।
पूर्व गुप्तचर ६६ वर्षका सेर्गेइ स्क्रिपाल र उहाँकी ३३ वर्षकी छोरी युलीआविरुद्ध हत्या प्रयासमा यी रुसीहरुको हात रहेको बताइएको छ ।
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री शिशिर खनाल [अन्तर्वार्ता]
इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]