अध्यक्ष तिलविक्रम सोम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न साधारण सभा सञ्चालन सचिव निशा शर्माले गर्नुका साथै वार्षिक प्रतिवेदन पनि प्रस्तुत र आर्थिक प्रतिबेदन कोषाध्यक्ष राम कुमार राईले प्रस्तुत गरेका थिए । स्वागत मन्तब्य उपाध्यक्ष ओम गुरुङले दिए ।
समाजको आपतकालिन कोषको बारेमा सह कोषाध्यक्ष नरप्रसाद सबेन्हिम लिम्बुले प्रस्ट्याए । त्यस्तै मनोरञ्जन सम्वन्धमा विजय लिङथेपले जानकारी दिए भने ज्येष्ठ नागरिकहरुको प्रतिनिधित्व गर्दै लंका गुरुङले आफ्नो विचार राखेकी थिइन् । युवाहरुको तर्फबाट सुवास पुन र क्रिश श्रेष्ठले भावी योजनाबारे जानकारी दिए । साथै प्रोपर्टीका बारेमा नरबहादुर गुरुङले अवगत गराएका थिए ।
उपाध्यक्ष ओम गुरुङको संयोजकत्वमा आउँदो १४ अप्रिलमा समाजको समर भेटघाट गर्ने तय भएअनुसार क्याटरिङ्ग व्यवस्थापन जिम्मा वसन्त गुरुर्ङलाइ दिइएको छ । त्यसैगरी, प्रसाद राई, धन राई र पुनम गुरुङलाई निर्वाचन मण्डलको जिम्मा दिइयो ।
साधारण सभाको अन्त्यमा अध्यक्ष सम्बाहाम्फेबाट आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबै कार्यसमितिका पदाधिकारी, सल्लाहकार सबै सदस्यहरुलाई धन्यबाद दिँदै कार्यसमिति विघटन भएको घोषणा गरे ।
त्यसपश्चात निर्वाचन मण्डलका अध्यक्ष प्रसाद राईबाट सर्वसम्मत कार्यसमिति चयन भएको घोषणा गरियो । जसमा अध्यक्ष ओम गुरुङ, उपाध्यक्ष योगकुमार फगामी, उपाध्यक्ष वसन्तकुमार गुरुङ, सचिव नवराज राई, सहसचिव श्रीमति ध्रुव गुरुङ, कोषाध्यक्ष प्रसाद लिम्बु, सह कोषाध्यक्ष गणेशध्वज मल्ल, कल्चरल सेक्रेटरी सन्तोष गुरुङ, कल्चरल सह सेक्रेटरीहरु सौगात गुरुङ र सुश्री सन्तोषी गुरुङ, वेव मास्टर (मिडिया) कृष्ण (हिमाल) गुरुङ, प्रोपर्टी मेम्बर नरबहादुर गुरुङ, सह प्रोपर्टी सदस्य सचिन राई, लेडिज सेक्रेटरी (भविष्यमा मनोनित गरिने), खेलकुद सदस्य बलबहादुर थापा, सह खेलकुद सदस्य नरेन्द्र राई, खेलकुद सचिव सुश्री शर्मिला फगामी, खाद्य र पेय पदार्थ ब्यवस्थापक एम कुमार गुरुङ, युवा सेक्रेटरी मुकेश राना, सह युवा सदस्य सन्दिप ठकुरी चुनिएका छन् ।
त्यसैगरि क्षेत्रीय प्रतिनिधि पनि चयन गरिएको छ, जसमा किङफरलङ एरिया सदस्य श्रीमती रत्न लिम्बु, कृश श्रेष्ठ, साउथहाम एरिया सदस्य बेल थापा, अमृत लिम्बु, ब्राइजटन हिल एरिया सदस्य पाण्डव सुनुवार, गौरव (समिर) ठकुरी, ओकरिज एरिया सदस्य टेकबहादुर राई, सुवास पुन, पपली एरिया सदस्य दुर्गा गुरुङ, मेनुका राई, ब्ल्याकडम एरिया सदस्य सुमन ठकुरी, विनकलवरी एरिया सदस्य राम गुरुङ, पब्लिक सम्बन्ध सदस्य श्रीमती निशा शर्मा, श्रीमती अमृता लिम्बु, वृद्धवृद्धा संयोजक उत्तर सुन्दास, वृद्धवृद्धा सह संयोजक लंका गुरुङ रहेका छन् ।
नयां कार्यसमितिको कार्यकाल तीन वर्ष हुनेछ । अन्त्यमा, नव निर्वाचित अध्यक्ष ओम गुरुङले निर्वतमान अध्यक्ष तिल विक्रम सम्बाहाम्फेलगायत उनको कार्यसमितिलाई धन्यवाद दिँदै आफूले अहिलेसम्म प्राप्त गरेको अनुभव समाजमा खर्चने प्रतिवद्धता जनाएका छन् ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएमा जिम्मेवारी बाँडफाँड, कसलाई कुन विभाग ? [सूचीसहित]
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल