काठमाडौं—प्रहरीले नक्कली सशस्त्र प्रहरी बनेर ठगी गर्ने एक युवतीलाई पक्राउ गरेको छ । ४ चैतमा आफू सशस्त्र प्रहरी रहेको र सशस्त्र प्रहरीमा जागिर लगाइदिन्छु भन्दैं ठगी गर्ने कोपिला बोहरालाई प्रहरीले तारकेश्वरको लोकतान्त्रिक चोकबाट पक्राउ गरेको हो ।
प्रहरीले सिन्धुपाल्चोक बलेफीकी २७ वर्षीया बोहराले आफूलाई मन्जु बुढाथोकीका रुपमा चिनाउँदै आएकी थिइन् । उनले आफू सशस्त्र प्रहरी बलको सहायक निरीक्षक हुँ भन्दै नक्कली सशस्त्र प्रहरी बनी विभिन्न ठाउँमा महिलाहरुसँग रकम लिई ठगी गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ । उनले आफूले सशस्त्र प्रहरीको ड्रेस लगाएको फोटो देखाउँदै ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।
उनले पाँच जना महिलाबाट सशस्त्र प्रहरी बनाइदिन्छु भन्दैं २ लाख ४१ हजार ठगेको उजुरी प्रहरीमा परेको छ । उनीबाट ठगिने अन्य महिलाहरु पनि आउने क्रम जारी रहेको महाशाखाले जनाएको छ ।
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान