काठमाडौँ -कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङसँग काठमाडौँ, पुरानो बानेश्वरमा छ आना दुई पैसामा बनेको एउटा घर र पत्नी उषाकला राईका नाममा काठमाडौँ, गोकर्णेश्वर नगरपालिका–८ मा तीन आना तीन पैसा दुई दाम जग्गा छ ।
मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा सिन्धुपाञ्चोकबाट प्रतिनिधिसभामा निर्वाचित तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै आफूसँग सिन्धुपाल्चोक, सिन्धुकोटमा पाखोबारी र खेत, पत्नीका नाममा मोरङमा सात कित्ता जग्गा र पत्नीका नाममा खोटाङमा जग्गा भएको जानकारी दिए ।
उनीसँग ३० तोला सुन र विभिन्न संस्थाको रु १५ लाख बराबरको शेयर तथा कृषि विकास बैंकसँग रु ४० लाख र अन्य बैंकसँग रु ३० लाख ऋण छ ।
उनकी पत्नी राई प्रदेशसभा सदस्य छन् । उनका एक एक गाडी र मोटरसाइकल तथा दुई थान ल्यापटप छन् ।
मन्त्री तामाङ प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा सम्पत्ति विवरण सार्वजनिक गर्ने पहिलो मन्त्री हुन् ।
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म
पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक धरमराज भण्डारी
संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई बनाउने नेपाली कांग्रेसको निर्णय
नेपाल पत्रकार महासंघ यूकेले १० जुलाईमा १५औं स्थापना दिवस मनाउने
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
कौराहाले गुञ्जियो तनहुँको झापुटार,घोषणापत्र जारी गर्दै सकियो सम्मेलन
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन