लन्डन । नेपालको न्यायपालिका भित्रका बिसंगति सम्वोधन गर्न एक उच्चस्तरिय आयोग गठनको माग भएको छ । ग्लोवल पोलिसी फोरम फर नेपालका अध्यक्ष प्रा. डा. सूर्यप्रसाद सुवेदी (क्यूसी) ले हालै मात्र देखिएको नेपालको न्यायपालिका भित्रका बिसंगति र त्यसभित्रका विभिन्न पात्रहरुको अपरिपक्व र लज्जास्पद क्रियाकलापले न्यायपालिकाप्रतिको जन आस्थामा गम्भीर ह्रास आएकोमा गहिरो चिन्ता व्यक्त गर्दै न्यायपालिका भित्रका यस्ता विसंगतिलाई रोक्नेबारे सुझाव दिन एक उच्चस्तरिय न्याय सुधार आयोग गठन गर्न नेपाल सरकारलाई आव्हान गरेका छन् ।
शनिबार लन्डनबाट एक प्रेस विज्ञप्ति जारी गर्दै प्रा. सुवेदीले नेपालका हालका कुनै पनि नेता राजनेताको उचाईंमा पुगिनसकेको, नयां संविधान लागू गर्ने क्रममा केवल चुनावी कर्मकाण्डमात्र पुरा भएको, सही रुपमा नेपालमा कानुन बमोजिमको शासन भइनसकेको र लोकतन्त्र कागजमा आएको तर व्यवहारमा आइनसकेको अवस्थामा लोकतन्त्र, कानुनी राज्यको अवधारणा र नागरिकका मौलिक अधिकार संरक्षण गर्ने क्रममा उच्च नैतिक धरातलमा रही न्यायपालिकाले मार्ग निर्देशन गर्नुपर्ने अवस्थामा न्यायपालिकाका प्रमुख पात्रहरुबाट नै त्यस्ता लज्जास्पद र अपरिपक्व क्रियाकलाप हुनु ‘खेदपूर्ण’ भएको र यसले नेपालको छवि अन्तर्राष्ट्रिय स्तरमा धुमिल हुन पुगेको उल्लेख गरेका छन् ।
विगतमा नेपालको एक उच्च स्तररिय न्यायसुधार आयोगमा काम गरेको अनुभव संगालेका हाल बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक सुवेदीले न्यायपालिकालाई दलीय भागवण्डा र दलीय प्रभावबाट मुक्त राख्न र न्यायपालिकाभित्र गम्भीर सुधार गर्न सम्मानित र स्वच्छ छवि भएका एक भूतपूर्व प्रधानन्यायधिशको अध्यक्षतामा आवश्यक सुधारका उपायहरु सुझाव दिन एक उच्चस्तरिय न्याय सुधार आयोग गठन गर्नु अहिलेको आवश्यकता रहेकोमा जोड दिएका छन् ।
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी