
राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ खुवाउनुहुँदै । तस्बिर, सौजन्य – राष्ट्रपति कार्यालय, रासस
काठमाडौँ, २ चैत – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज संविधानको धारा ७६ को उपधारा (९) बमोजिम केही नयाँ मन्त्री नियुक्ति र जिम्मेवारी हेरफेर गरी २२ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय, शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ दिलाउनुभयो । सोही अवसरमा प्रधानमन्त्रीसमक्ष नवनियुक्त राज्यमन्त्रीले समेत आजै पद तथा गोपनीयताको शपथ लिएको राष्ट्रपति कार्यालयका प्रवक्ता छवीन्द्र पराजुलीले जानकारी दिए ।
गत फागुन ३ गते प्रधामन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री ओलीको अध्यक्षतामा रहेको मन्त्रिपरिषद् फागुन १४ गते विस्तार भएको थियो ।
मन्त्रिपरिषद्को कार्यविभाजन
क्र.सं- नामथर- पद- कार्यविभाजन
१. केपी शर्मा ओली- प्रधानमन्त्री, शहरी विकास र स्वास्थ्य तथा जनसङ्ख्या
२. ईश्वर पोखरेल- मन्त्री रक्षा
३. रामबहादुर थापा- मन्त्री गृह
४. प्रदीपकुमार ज्ञवाली- मन्त्री परराष्ट्र
५. वर्षमान पुन- मन्त्री ऊर्जा, जलस्रोत तथा सिँचाइ
६. गिरिराजमणि पोखरेल- मन्त्री शिक्षा, विज्ञान तथा प्रविधि
७. मातृकाप्रसाद यादव- मन्त्री उद्योग, वाणिज्य तथा आपूर्ति
८. रघुवीर महासेठ- मन्त्री भौतिक पूर्वाधार तथा यातायात
९. गोकर्णराज विष्ट- मन्त्री श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१०. शक्तिबहादुर बस्नेत- मन्त्री वन तथा वातावरण
११. लालबाबु पण्डित- मन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन
१२. थममाया थापा- मन्त्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
१३. डा युवराज खतिवडा- मन्त्री अर्थ
१४. जगतबहादुर सुनार (विश्वकर्मा)- मन्त्री युवा तथा खेलकुद
१५. रवीन्द्रप्रसाद अधिकारी- मन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१६. शेरबहादुर तामाङ- मन्त्री कानुन,न्याय तथा संसदीय मामिला
१७. चक्रपाणि खनाल- मन्त्री कृषि, भूमि व्यवस्था तथा सहकारी
१८. वीना मगर- मन्त्री खानेपानी
राज्यमन्त्री
१. पद्माकुमारी अर्याल- राज्यमन्त्री स्वास्थ्य तथा जनसङ्ख्या
२. गोकुलप्रसाद बाँस्कोटा- राज्यमन्त्री सञ्चार तथा सूचना प्रविधि
३. धनबहादुर बुढा- राज्यमन्त्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
४. रामकुमारी चौधरी- राज्यमन्त्री कृषि, भूमि व्यवस्था तथा सहकारी

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने