काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले युएस बंगला विमान दुर्घटनामा परी निधन भएकामा दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवाजनप्रति समवेदना प्रकट गरेकी छन् ।
राष्ट्रपतिले दुर्घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दवाडीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बंगलादेशको ढाकाबाट काठमाडौँका लागि उडेको यात्रुवाहक युएस बंगलाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा अवतरणका क्रममा आज अपराह्न १४.१८ बजे दुर्घटनामा परेको थियो ।
उपराष्ट्रपति नन्दबहादुर पुनले पनि विमान दुर्घटना हुँदा भएको ठूलो मानवीय क्षतिप्रति दुःख प्रकट गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् । उनले घाइतेको उचित उपचारको व्यवस्था गर्न सरकारसँग अनुरोध गरेका छन् । उपराष्ट्रपतिले दुर्घटनाका कारणबारे गम्भीर छानविन गर्न तथा आगामी दिनमा दुर्घटना र दुर्घटनाबाट हुने क्षति न्यूनीकरणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको उनका प्रेस संयोजक मनोज घर्तीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काँग्रेसद्वारा दुःख व्यक्त
नेपाली काँग्रेसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युए बङ्गला विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ ।
काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी व्यवस्थित उद्धार र घाइतेको सम्पूर्ण उपचार तथा दुर्घटनाको छानविन गर्न सरकारसँग माग गरेको छ । “घटनामा परी दिवंगत हुनुभएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पणका साथै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकूल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा