
बंगलादेशबाट काठमाडौँ आएको युएस बंगला विमान सोमबार दिउँसो १४.२० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परी आगलागी भएपछि यात्रुहरुको उद्धारको प्रयास हुँदै । तस्बिर- रोशन सापकोटा, रासस
काठमाडौं-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगलाको जहाज दुर्घटनामा ४९ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । सोमबार अपरान्ह ढाकाबाट काठमाडौंका लागि उडेको जहाज अवतरणका क्रममा त्रिभुवन विमानस्थलमा दुर्घटना भएको थियो ।
काठमाडौं प्रहरी परिसरका प्रमुख विश्वराज पोखरेलले ४९ जनाको मृत्यु भएको पुष्टि गरे । उनले थप २१ जना घाइतेको राजधानीको विभिन्न अस्पतालमा उपचार भइरहेको बताए ।
घाइते मध्ये एक जना अहिले पनि भेटिएका छैनन् । चार चालक दलका सदस्यसहित ६७ यात्रु सवार थिए । जसमध्ये यात्रुमध्ये ३३ जना नेपाली रहेका थिए । यस्तै, अन्य बंगलादेशी र केही विदेशी यात्रु पनि विमानमा रहेको बताइएको छ ।
ढाकाबाट काठमाडौँ आएको बिएस २११ ‘कल साइन’ को उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा अनियन्त्रित भई धावनमार्गको पूर्वतर्फ दुर्घटनाग्रस्त भएको हो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा