
लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाको चौंथो अधिवेसन मे १९ मा हुने भएको छ । शाखाको शनिबार फार्नब्रोमा बसेको बैठकले सो निर्णय गरेको हो ।
शाखाका अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षतामा बसेको सो बैठकले अधिवेसनमा केन्द्रीय अध्यक्ष गोविन्द आचार्यलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गर्ने निर्णय गरेको छ ।
बैठकले नयाँ सदस्यताका लागि प्राप्त आवेदनमध्ये सर्वसम्मतरुपमा २० जनालाई सदस्यता दिने निर्णय गरेको छ ।
जसअनुसार मञ्जु भण्डारी खरेल, डा. नरेशचन्द्र राई, कुमबहादुर (कुमार) केसी, भूमिराज राई, गुणदेव घिमिरे, सुमलकुमार गुरुङ, जगन्नाथ (जनक) कार्की, ओमप्रसाद थापा काउचा, प्रकाश अर्याल, जानुका काम्बाङ लिम्बु, रुद्र ढकाल, भिमल राई, हेमन्त राज पौडेल, बिसन गुरुङ, खेमराज रानाभाट, बमबहादुर थापा, जयराम तामाङ, शंकर श्रेष्ठ, प्रकाश गुरुङ र लालबहादुर पुन रहेका छन् ।
बैठकले ६३ सदस्यहरुको सदस्यता समेत नवीकरण गरेको छ ।
यसैगरी, शाखाले अधिवेसनका अवसरमा युकेमा रहेका अग्रज पत्रकारहरुलाई सम्मान गर्ने भएको छ ।
शाखाको बैठकलाई केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले टेलिफोनमार्फत शुभकामना दिएका थिए ।
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री शिशिर खनाल [अन्तर्वार्ता]
इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]