लन्डन । तमुधिं यूकेले धादिङमा एक विद्यालय निर्माणका लागि रकम जुटाउन २५ मार्च आइतबार ‘च्यारिटी डिनर नाइट’ गर्ने भएको छ । अल्डरसटस्थित एम्पायर हलमा अपरान्ह ४ देखि च्यारिटी डिनर कार्यक्रम गर्न लागिएको हो ।
तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले धादिङ जिल्लाको दुर्गम क्षेत्र खादिङमा अवस्थित श्री हिमालय सरस्वती प्राइमरी स्कुल पुनर्निर्माणका लागि आर्थिक सहयोग जुटाउन च्यारिटी गर्न लागिएको जानकारी दिए । अध्यक्ष गुरुङले उक्त कार्यक्रममा आएर आफ्नो प्रोजेक्टलाई सघाउन बेलायतस्थित समस्त नेपाली समुदायसमक्ष अपिल गरेका छन् । उक्त विद्यालयका लागि पहार ट्रष्ट नेपालले समेत सघाएको छ । सन् २०१५ को महाभूकम्पले उक्त विद्यालय भत्किएको छ ।
सन् २००० मा स्थापित च्यारिटी संस्था तमुधिं यूकेले नेपालमा प्राकृतिक विपत्ति देखि आपत परेका बेला विश्वको जुनसुकै स्थानमा रहेका नेपालीलाई समेत सहयोग प्रदान गर्दै आएको छ । संस्थाले नेपालको विशेषगरि शिक्षा, स्वास्थ्य, खेल, पर्यटन तथा सामाजिक क्रियाकलापमा सहयोग गरिरहेको छ ।
तमुधिं यूकेले बेलायतमा नेपाली मेला र गोर्खा कप जस्ता वृहत इभेन्ट वर्षेनी गर्दै आएको छ, जसमा हजारौं नेपाली सहभागी हुन्छन् ।
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री शिशिर खनाल [अन्तर्वार्ता]
इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यको शपथग्रहण [निर्वाचितको सूचीसहित]
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]