लन्डन । तमुधिं यूकेले धादिङमा एक विद्यालय निर्माणका लागि रकम जुटाउन २५ मार्च आइतबार ‘च्यारिटी डिनर नाइट’ गर्ने भएको छ । अल्डरसटस्थित एम्पायर हलमा अपरान्ह ४ देखि च्यारिटी डिनर कार्यक्रम गर्न लागिएको हो ।
तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले धादिङ जिल्लाको दुर्गम क्षेत्र खादिङमा अवस्थित श्री हिमालय सरस्वती प्राइमरी स्कुल पुनर्निर्माणका लागि आर्थिक सहयोग जुटाउन च्यारिटी गर्न लागिएको जानकारी दिए । अध्यक्ष गुरुङले उक्त कार्यक्रममा आएर आफ्नो प्रोजेक्टलाई सघाउन बेलायतस्थित समस्त नेपाली समुदायसमक्ष अपिल गरेका छन् । उक्त विद्यालयका लागि पहार ट्रष्ट नेपालले समेत सघाएको छ । सन् २०१५ को महाभूकम्पले उक्त विद्यालय भत्किएको छ ।
सन् २००० मा स्थापित च्यारिटी संस्था तमुधिं यूकेले नेपालमा प्राकृतिक विपत्ति देखि आपत परेका बेला विश्वको जुनसुकै स्थानमा रहेका नेपालीलाई समेत सहयोग प्रदान गर्दै आएको छ । संस्थाले नेपालको विशेषगरि शिक्षा, स्वास्थ्य, खेल, पर्यटन तथा सामाजिक क्रियाकलापमा सहयोग गरिरहेको छ ।
तमुधिं यूकेले बेलायतमा नेपाली मेला र गोर्खा कप जस्ता वृहत इभेन्ट वर्षेनी गर्दै आएको छ, जसमा हजारौं नेपाली सहभागी हुन्छन् ।
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिता : नेपालद्वारा भारत ९२ रनले पराजित
नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन