काठमाडौँ-नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक चैत ९ गते शुक्रबार बस्ने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले चैत ९ गते शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको जानकारी दिए । उनले बैठकमा उपस्थित हुनका लागि पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यलाई आह्वान गरेका छन् ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा पार्टीले ल्याएको कमजोर नतिजा र पार्टीको आगामी कार्यदिशाबारे छलफल हुने जानकारी दिए ।
“प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनपछि राष्ट्रियसभाको निर्वाचन, राष्ट्रपतिको निर्वाचनलगायतका एजेण्डामा छलफल भएको थियो, अब बस्ने केन्द्रीय समितिको बैठकले समग्र विषयवस्तुमा छलफल हुनेछ”, प्रवक्ता शर्माले भने । उनले निर्वाचनपछि पार्टीले संसद्मा कस्तो भूमिका खेल्ने भन्नेबारेमा समेत बैठकमा छलफल हुने बताए ।
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
बेलायतीहरूको प्रेरणादायी यात्रामा आधारित ‘डकुमेन्ट्री फिल्म’ ‘द एभरेस्ट ड्रिम’को ‘प्रिमियर’
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त
नेपालको सरकारी कार्यालय र शैक्षिक संस्थामा अबदेखि सातामा दुई दिन बिदा
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने