काठमाडौँ-नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक चैत ९ गते शुक्रबार बस्ने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले चैत ९ गते शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको जानकारी दिए । उनले बैठकमा उपस्थित हुनका लागि पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यलाई आह्वान गरेका छन् ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बैठकमा प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा पार्टीले ल्याएको कमजोर नतिजा र पार्टीको आगामी कार्यदिशाबारे छलफल हुने जानकारी दिए ।
“प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनपछि राष्ट्रियसभाको निर्वाचन, राष्ट्रपतिको निर्वाचनलगायतका एजेण्डामा छलफल भएको थियो, अब बस्ने केन्द्रीय समितिको बैठकले समग्र विषयवस्तुमा छलफल हुनेछ”, प्रवक्ता शर्माले भने । उनले निर्वाचनपछि पार्टीले संसद्मा कस्तो भूमिका खेल्ने भन्नेबारेमा समेत बैठकमा छलफल हुने बताए ।
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
सोलार फार्म नेपालले चार प्रतिशत बोनस शेयर दिने
बेलायतमा दिउँसोको समयमा “जङ्क फूड” को विज्ञापनमा प्रतिबन्ध
ड्यालसमा महावाणिज्यदूतावास खुलेसँगै सेवाग्राहीलाई राहत
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार