काठमाडौँ, २४ फागुन – नेपाली सेना कल्याणकारी बोर्डको संयोजनमा नेपाल इन्भेस्टमेन्ट बैंकले आगामी चार वर्षमा थप ४० हजार भूपूसैनिक र पारिवारिक निवृत्तिभरणमा रहेका सैनिकका परिवारको जीवनस्तर उकास्ने लघुवित्त कार्यक्रमका लागि बिनाधितो रु सात अर्ब लगानी गर्ने भएको छ ।
उक्त बैंकले गएको चार वर्षमा २१ हजार १६१ भूतपूर्व सैनिकलाई लघुवित्त व्यवसायका लागि बिनाधितो ४ दशमलव ५ प्रतिशत सहुलीय ब्याजदरमा रु तीन अर्ब ५० करोड ५४ लाख कर्जा लगानी गरिसकेको नेपाल इन्भेस्टमेन्ट बैंकका कार्यकारी प्रमुख ज्योति पाण्डे जानकारी दिए ।
भूपू सैनिकको जीवनस्तरमा सुधार ल्याउन नेपाली सेनाको प्रस्तावमा बैंकले २०७० माघबाट भूपूसैनिक सम्मेलनकै अवसर पारेर सेवामूलक कार्यक्रमअन्तर्गत सहुलीयत ब्याजदरमा लगानी अघि बढाएको हो । मुलुकमा हाल भूपू सैनिक ५५ हजार ९६९ तथा पारिवारिक निवृत्तिभरणमा रहेकाको संख्या १२ हजार ४१७ रहेको कल्याणकारी बोर्डले जनाएको छ ।
बैंकबाट ऋण लिएर व्यवसाय शुरु गरेका भूपूसैनिकले छोटो अवधिमा पर्याप्त आम्दानी लिन सफल भएपछि बैंकले लघुवित्तको लगानीमा ह्वात्तै वृद्धि गरेको हो । समयको हेक्का र अनुशासनभित्र रही जिम्मेवारी निर्वाह गर्ने भूपूसैनिकले बैंकको ऋणबाट भौगोलिक धरातल र बजारको मागका आधारमा व्यवसाय सञ्चालन गर्दै आएका कारण छोटो समयमा उदाहरणीय प्रगति हासिल गर्न सफल भएको सेनाको ठम्याइ छ ।
नेपाली सेनाले हिताधिकारीको आवश्यकता र मागलाई ध्यानमा राखेर भूपू सैनिक सम्मेलन वा अरू कुनै कार्यक्रममार्फत कल्याणकारी बोर्डबाट प्रदान गर्ने सबै कार्यक्रम घरदैलोमै पुरयाउने प्रयास गरिरहेको कल्याणकारी बोर्डका कार्यकारी प्रमुख अधिकृत पदमविलाश कार्कीले जानकारी दिए ।
उनले भने, “जीवनको ऊर्जावान् महत्वपूर्ण समय संगठन र मुलुकको खातिर समर्पण गरेका भूपू सैनिकको जीवन शैलीमा सुधार गरी परिवर्तन ल्याउन सकियोस् भने भनेर शुरु गरिएको कार्यक्रमबाट निकै राम्रो नतिजा प्राप्त भइरहेको छ, ऋणीले व्यवसाय बढाउँदै लगेका छन्, कार्यक्रम ज्यादै सफल भएको छ ।”
लघु व्यवसाय सञ्चालन गर्न चाहने महिला उद्यमीलाई रु पाँच लाख तथा पुरुषलाई रु चार लाखसम्म बैंकले कर्जा प्रवाह गर्नेछ । कृषि तथा पशुजन्य कार्यक्रम रहेका सहकारीमार्फत व्यवसाय सञ्चालन गर्न चाहेमा त्यस्ता समूहमा आउने उद्यमीलाई बैंकले रु एक करोडसम्म लगानी गर्ने जनाएको छ ।
बैंकबाट सहुलियत ब्याजदरमा ऋण लिएर भूपू एवम् आश्रित परिवारले खासगरी अम्रिसो र अलैँची खेती तथा बंगुरपालन, भैँसीपालन, गाईपालन, बाख्रापालन, मौरीपालन, माछापालन तथा किराना पसल र होटल व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा