
काठमाडौँ, २२ फागुन – वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका ११ जना नेपालीलाई ओमनस्थित नेपाली राजदूतावासले समन्वय गरी स्वदेश पठाएको छ ।
दूतावासले आज जारी गरेको विज्ञप्तिमा करार सम्झौता बमोजिम सुविधा नपाएका कारण दुःख पाएका ११ जना पीडित कामदारको मागबमोजिम नेपाली राजदूतावासको समन्वयमा स्थानीय कानुनी औपचारिकता पूरा गरी स्वदेश फिर्ता गरिएको उल्लेख छ ।
ओमानको सोहारस्थित मुवाराद वादी हिबी मोडर्न ट्रेड (एएसटिडी) कम्पनीमा हनेस्टी ओभरसिज प्रालिबाट स्काफोल्डिङ पदमा काम गर्न आएका २० नेपाली कामदार समस्यामा परेका थिए । तीमध्ये ११ जना पीडितले दूतावाससँग सहयोग मागेपछि उनीहरूले काम गर्ने भनिएको कम्पनीबाट करीब १६५ किमी टाढा बर्का भन्ने स्थानमा अलपत्र अवस्थामा राखिएको ठाउँमा दूतावासको टोलीले केही दिनअघि स्थलगत अनुगमन गर्दा फेला पारेको थियो ।
सो पश्चात् सम्बन्धित पक्षहरूसँग निरन्तर सम्पर्क तथा छलफल गर्दासमेत समस्याको समाधान नभएपछि दूतावासले आफैं नेपाल पठाएको हो । सम्बन्धित कम्पनीलाई कानूनबमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिश गरी पठाइसकिएको दूतावासले जनाएको छ ।
बाँकी रहेका नौ जना कामदारको समस्या समाधान एवं स्वदेश फिर्तीका लागि दूतावासको प्रयास जारी राखेको विज्ञप्तिमा उल्लेख छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा