लन्डन । बेलायत, नेपाल सरकार तथा भूपू गोर्खा प्रतिनिधिबीच फेरि वार्ताको तयारी भएको छ । बेलायत र नेपालको राजनीतिक उतारचढावले केही समय रोकिएको वार्ता पुनः सुचारु हुन लागेको हो । लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरणले वार्ताको पुष्टि गरे । दूतावासले वार्ता सहजीकरण गरिरहेको छ ।
यही १४ मार्चका दिन दूतावास भवनमा तीनै पक्ष सम्मिलित प्राविधिक समितिको बैठक बस्ने तय भएको छ ।
भूपू गोर्खाहरुले राख्दै आएका समान पेन्सन लगायत माग सम्वोधनका लागि बेलायत सरकार, नेपाल सरकार र भूपू गोर्खा प्रतिनिधि सम्मिलित प्राविधिक समितिको बैठक यसअघि चारपटक भइसकेको छ । भूपू गोर्खाहरुले पहिलो बैठकमै ६१ पृष्ठ लामो दस्तावेज बेलायत सरकारसमक्ष बुझाएका थिए । त्यसयता चरणवद्ध वार्ता भएका हुन् ।
भूपू गोर्खाहरुले अवकास पाए देखि अंग्रेज सरह समान पेन्सन, स्टेट पेन्सन, रिडन्डेन्सीमा पठाइएकालाई एकमुष्ट उपदान, विधवा र हवाइ काण्डमा परेका १२१ जनालाई उचित क्षतिपूर्ति, सन् १९६५ यता जन्मिएका वयस्क सन्तान सबैलाई आवासीय अधिकार आदि माग राख्दै आएका छन् । बेलायतको उच्च अदालत र युरोपेली अदालतले समेत भूपू गोर्खाहरुको समान पेन्सन मुद्दा हराइसकेपछि समाधानका लागि अब कुटनीतिक विकल्पमात्र सम्भव छ ।
गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका निर्देशक ज्ञानराज राईले नेपाल सरकारले राष्ट्रकै प्राथमिक एजेन्डा घोषणा गरिसकेको, नेपालका प्रमुख राजनीतिक दलहरुबीच सहमति भएको र गोर्खा तथा दूतावासले पनि कडा रुपमा विषय उठान गरेकाले वार्ता सफल हुनेमा आफूहरु आशावादी भएको बताए ।
‘९ नोभेम्बर १९४७ को त्रिपक्षीय सन्धिको भावना अनुसार सम्पूर्ण माग दावीमा गोर्खा र राजदूतावास एकमत भइ रिपोर्ट अगाडि बढाइएको छ । हामी गोर्खाहरु दूतावासप्रति आभारी छौं’- राईले भने ।
बेलायतमा ‘फस्ट तामाङ फेस्टिभल लन्डन २०२६’ हुँदै, नेपालबाट चर्चित कलाकार आउने
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री शिशिर खनाल [अन्तर्वार्ता]
इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न