काठमाडौं -इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपालको दुई दिवसीय औपचारिक भ्रमणको सिलसिलामा सोमबार अपराह्न काठमाडौं आइपुगेका छन् । प्रधानमन्त्रीमा नियुक्त भएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई शुभकामना दिन पाकिस्तानी प्रधानमन्त्री अब्बासी नेपाल आएका हुन्।
पाकिस्तानी सेनाको विशेष विमानबाट काठमाडौं आएका प्रधानमन्त्री अब्बासीलाई अर्थ मन्त्री डा युवराज खतिवडा र परराष्ट्र सचिव शंकरदास बैरागीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरे । विमानस्थलबाट प्रधानमन्त्री अब्बासी केहीबेर विश्रामका लागि होटल हायात रिजेन्सी गएका थिए । अाइतबार नै प्रधानमन्त्री अब्बासीको सम्मानमा राष्ट्रका तर्फबाट नेपाली सेनाको एक टुकडीले सैनिक मञ्च टुँडिखेलमा सम्मान गारत (गार्ड अफ अनर) प्रदान गरेको छ ।
त्यगैगरी, आजै साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पाकिस्तानी समकक्षीसँग पारस्परिक हित र चासोका विषयमा विचारविमर्श गर्नेछन् । साथै उनले प्रधानमन्त्री अब्बासीको सम्मानमा रात्रिभोजको आयोजना गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग पाकिस्तानका प्रधानमन्त्री अब्बासीले राष्ट्रपति भवन शीतल निवासमा भोलि बिहान शिष्टाचार भेट गर्नेछन । राष्ट्रपतिसँगको भेट अघि उनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता हुने कार्यक्रम छ । नेपालको दुई दिने भ्रमण पूरा गरी भोलि नै प्रधानमन्त्री अब्बासी स्वदेश प्रस्थान गर्ने कार्यक्रम छ ।
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना