काठमाडौं – नेपालको दुईदिने औपचारिक भ्रमणमा सोमबार काठमाडौं आएका इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीको सम्मानमा १९ तोपको सलामी प्रदान गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षीलाई सैनिक मञ्च टुँडिखेलको अतिविशिष्ट कक्षमा स्वागत गरेसँगै अब्बासीको सम्मानमा सम्मान गारद प्रदान गरिएको हो । सो अवसरमा पाकिस्तानी प्रधानमन्त्रीले सम्मान गारद निरीक्षण गर्नुभएको थियो । समारोहमा दुवै देशका राष्ट्रिय धुन बजाइएको थियो ।
समारोहमा पाकिस्तानी प्रधानमन्त्रीले मन्त्रीगण, संवैधानिक निकायका प्रमुख एवं नेपाल सरकारका उच्चपदस्थ अधिकारी एवं प्रधानसेनापति राजेन्द्र क्षत्रीको परिचय लिएका थिए ।
प्रधानमन्त्री ओली र पाकिस्तानी प्रधानमन्त्री अब्बासीबीच केहीबेरमै औपचारिक रुपमा पारस्परिक हित र चासोका द्विपक्षीय विषयमा छलफल हुनेछ । छलफल सकिएलगत्तै प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी अब्बासीको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् ।
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
नेपालमा आइतबारदेखि सुरु हुँदै भूतपूर्व सैनिक सम्मेलन
नेपालको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्रमन्त्री खनाल
इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
काठमाडौं चिल्ड्रेन्स हस्पिटलको सहयोगार्थ बेलायतमा च्यारिटी कार्यक्रम आयोजना गरिँदै
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा