पाकिस्तानी प्रधानमन्त्री सोमबार नेपाल आउंदै

काठमाडौँ, २० फागुन – इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासी नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा भोलि सोमबार अपराह्न राजधानी आउनुहुने भएको छ ।

भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नुहुने परराष्ट्र मन्त्रालयले आज जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना पाकिस्तानी समकक्षीसँग पारस्परिक हित र चासोका द्विपक्षीय विषयमा विचारविमर्श गर्नुहुनेछ । साथै उहाँले प्रधानमन्त्री अब्बासीको सम्मानमा रात्रिभोज आयोजना गर्नुहुनेछ ।

भ्रमण पूरा गरी फागुन २२ गते प्रधानमन्त्री अब्बासी स्वदेश प्रस्थान गर्नुहुनेछ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री