काठमाडौँ – शान्तिका अग्रदूत गौतम बुद्धको जन्म नेपालमा लुम्बिनीमा भएको अकाट्य प्रमाण नेपालीले पेश गरेका छन् ।
बुद्धवचन ‘धम्मपद’ एकै स्थानमा बसेर एकैपटक ७५ हजारभन्दा बढी नेपालीले वाचन गरी उक्त प्रमाण पेश गरिएको हो ।
यसअघि त्यसरी त्यही संख्यामा धम्मपद सामूहिक रुपमा वाचन नभएको सन्दर्भमा ‘गिनिज बुक अफ द वल्ड रेकर्डस्’मा उक्त प्रयास अभिलेखीकरण गरेर कीर्तिमान बन्ने पक्का भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत मन्त्रीहरु, कलाकार, विद्यार्थीसहित विभिन्न पेशा व्यवसायमा रहेका नेपालीले शनिबार टुँडिखेलमा बसेर सामूहिक वाचन गरेका हुन् ।
विश्व कीर्तिमान परिषद् नेपालको अगुवाइमा गरिएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “शाक्यमुनि बुद्धप्रति आदर सम्मानसहित सबैको तर्फबाट नमन गर्दछु, बुद्ध भूमिबाट शान्तिको कामना गर्दछु ।”
केही स्थानमा बुद्धका विषयमा भ्रम सिर्जना गर्न खोजिएको भन्दै उहाँले नेपालमा बुद्ध जन्मेको होइन भन्ने भ्रममा पर्नु पर्दैन भन्नुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन्, यसमा विवाद नगरौँ ।”
विश्वमा शान्ति स्थापना गर्न आग्रह गर्दै उहाँले सिरियामा भइरहेको हत्या हिंसाको विरोध गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “दुनियाँका सरकार तथा नेतालाई शान्तिपूर्ण तवरबाट अघि बढ्न आग्रह गर्दछु, हिंसा नगरौँ, शान्ति र मित्रताले अगाडि बढौँ ।” उहाँले आन्दोलनरत विप्लव समूहलाई पनि वार्तामार्फत आफ्ना माग पूरा गर्न आह्वान गर्नुभयो ।
आयोजकका तर्फबाट प्रतिष्ठा अमात्यले बुद्धको वचन वाचनका लागिमात्र नभई पालना गर्नका लागि भएको बताउनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा