
प्रदेश–३ को हेटौँडामा स्थापना गरिएको प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय । तस्वीर – कृष्णराम परियार, हेटौँडा, रासस
नुवाकोट, १८ फागुन – प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गुरुयोजना बनाएर व्यवस्थित शहरीकरणसहितको आधुनिक प्रदेशका रुपमा स्थापित गराइने बताउनुभएको छ । साँझ यहाँ आउनुभएका मुख्यमन्त्री पौडेलले विदुर नगरपालिकाको स्वागत स्वीकार्दै मुलकभरको ३ नं प्रदेशमा विकासका पर्याप्त सम्भावना रहेको बताउनुभयो ।
मुलुकको विकास गर्न स्थानीय तह र प्रदेशबीचको सहकार्य राम्रो हुनुपर्ने मुख्यमन्त्री पौडेलको भनाइ थियो । ‘अधिकारसम्पन्न प्रदेश र स्थानीय तहलाई केन्द्रले बढी अधिकार भयो भनिरहेको छ, यसलाई जोगाउन प्राप्त अधिकार कार्यान्वयन गर्न सबै एकजुट हुनुपर्छ’- उहाँले भन्नुभयो ।
कार्यक्रममा भौतिक योजना तथा पूर्वाधारमन्त्री केशव स्थापितले जनप्रतिनिधिलाई सम्मान र बधाई लिएर नहिँड्न निर्देशन दिनुभयो । मुख्यमन्त्री र मन्त्रीलाई विदुर नगरपालिकका प्रमुख सञ्जु पण्डितले नगरपालिकाभित्र सञ्चालित कार्यक्रम तथा भावी योजनाको जानकारी दिनुभयो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा