लन्डन । फार्नबोरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टले आफ्नो १९ औं वार्षिकोत्सवमा च्यारिटी डिनर गरि संकलित ६ लाख रुपैयां नेपालको एक विद्यालयलाई दिने भएको छ ।
सञ्चालक समाजसेवी सूर्य गुरुङले सप्ताहन्त रेष्टुरेन्टमा आयोजित च्यारिटी डिनर कार्यक्रममा संकलित ४२ सय पाउण्ड (करिब ६ लाख रुपैयां) कास्की भेडाबारीस्थित बराह सेकेन्डरी स्कुललाई प्रदान गर्ने घोषणा गरेका हुन् ।
गुरुङले विगत १९ वर्षदेखि रेष्टुरेन्ट वार्षिकोत्सवमा हरेक वर्ष नेपाल र बेलायतको च्यारिटीमा सहयोग गर्दै आएका छन् ।
‘वार्षिकोत्सवलाई च्यारिटीसंग जोडेर धेरथोर सहयोग गर्ने भावना जागृत भएको हो’, गुरुङले भने ।
च्यारिटी डिनर कार्यक्रममा लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरण, स्थानीय सांसद लियो डोचेर्टी, पूर्व मन्त्री तथा सांसद सर जेराल्ड होवार्थ लगायतले रेष्टुरेन्टको सामाजिक कार्यको प्रशंसा गर्दै अझ व्यवसायिक सफलताको शुभकामना दिए । सांसद लियोले पछि ‘टवीट’ समेत गरि कार्यक्रम र गुरुङको प्रशंसा गरेका थिए ।
कार्यक्रममा रसमोर काउन्सिल लिडर डेभिड क्लीफोर्ड, पूर्व मेयर मार्टिन टिनेन्ट, मेयरेस मिस अटिक्का चौधरी लगायत सयौं सहभागी थिए ।
कार्यक्रममा सञ्चालक गुरुङकी सुपुत्री ११ वर्षीया सिल्भियाले स्वागत मन्तव्य दिएकी थिइन् । उक्त अवसरमा राफल ड्र, अक्सन (लिलाम बढाबढ) र बिंगो समेत खेलाइएको थियो ।
बेलायतको नेपाली समुदायमा प्रतिष्ठित एनआरएनए यूके पूर्व अध्यक्ष गुरुङलाई कतिपयले ‘च्यारिटी किङ’ को उपाधि समेत दिएका छन् ।
तस्विरहरु- मिलन तमु
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा