लन्डन । फार्नबोरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टले आफ्नो १९ औं वार्षिकोत्सवमा च्यारिटी डिनर गरि संकलित ६ लाख रुपैयां नेपालको एक विद्यालयलाई दिने भएको छ ।
सञ्चालक समाजसेवी सूर्य गुरुङले सप्ताहन्त रेष्टुरेन्टमा आयोजित च्यारिटी डिनर कार्यक्रममा संकलित ४२ सय पाउण्ड (करिब ६ लाख रुपैयां) कास्की भेडाबारीस्थित बराह सेकेन्डरी स्कुललाई प्रदान गर्ने घोषणा गरेका हुन् ।
गुरुङले विगत १९ वर्षदेखि रेष्टुरेन्ट वार्षिकोत्सवमा हरेक वर्ष नेपाल र बेलायतको च्यारिटीमा सहयोग गर्दै आएका छन् ।
‘वार्षिकोत्सवलाई च्यारिटीसंग जोडेर धेरथोर सहयोग गर्ने भावना जागृत भएको हो’, गुरुङले भने ।
च्यारिटी डिनर कार्यक्रममा लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरण, स्थानीय सांसद लियो डोचेर्टी, पूर्व मन्त्री तथा सांसद सर जेराल्ड होवार्थ लगायतले रेष्टुरेन्टको सामाजिक कार्यको प्रशंसा गर्दै अझ व्यवसायिक सफलताको शुभकामना दिए । सांसद लियोले पछि ‘टवीट’ समेत गरि कार्यक्रम र गुरुङको प्रशंसा गरेका थिए ।
कार्यक्रममा रसमोर काउन्सिल लिडर डेभिड क्लीफोर्ड, पूर्व मेयर मार्टिन टिनेन्ट, मेयरेस मिस अटिक्का चौधरी लगायत सयौं सहभागी थिए ।
कार्यक्रममा सञ्चालक गुरुङकी सुपुत्री ११ वर्षीया सिल्भियाले स्वागत मन्तव्य दिएकी थिइन् । उक्त अवसरमा राफल ड्र, अक्सन (लिलाम बढाबढ) र बिंगो समेत खेलाइएको थियो ।
बेलायतको नेपाली समुदायमा प्रतिष्ठित एनआरएनए यूके पूर्व अध्यक्ष गुरुङलाई कतिपयले ‘च्यारिटी किङ’ को उपाधि समेत दिएका छन् ।
तस्विरहरु- मिलन तमु
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण