
बालुवाटारमा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दै नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीहरु । तस्बिर सौजन्य- प्रधानमन्त्रीको सचिवालय
काठमाडौँ, १७ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको प्रथम चौमासिकमै दुई अंकको आर्थिक वृद्धि पुरयाउने योजनामा सरकार लागेको बताउनुभएको छ ।
नेपाल चेम्बर अफ कमर्शले आज प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएको सुझावपत्र बुझ्दै प्रधानमन्त्री ओलीले आव २०७३-७४ मा भएको ६.९ प्रतिशतको आर्थिक वृद्धिदर बढाएर दुई अंकको आर्थिक वृद्धिदरमा पुरयाइने र समृद्धिको यात्रालाई अगाडि बढाइने बताउनुभयो ।
चेम्बरले ‘आगामी दशक दुई डिजिट (दुई अंकको) आर्थिक वृद्धिको दशक’ हुनुपर्नेमा जोड दिएको छ । चेम्बरले प्रधानमन्त्री ओलीसमक्ष निजी क्षेत्रका तर्फबाट मुलुकको समस्त आर्थिक विकासका लागि बुझाएको सुझाव प्रतिवेदनमा सरकार र निजी क्षेत्र त्यसका लागि संयुक्तरुपमा मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिइएको अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
उक्त सुझाव प्रतिवेदनमा कृषि, ऊर्जा र पर्यटन क्षेत्रका सुझाव समेटिएका छन् । कानूनी शासनको सुनिश्चितता, औद्योगिक विकास तथा विदेशी लगानी, राजश्व, शेयर बजार, यातायात, सञ्चार र पूर्वाधार विकास, पेट्रोलियम पदार्थ आयातलगायत विषयमा समेत सुझाव दिइएको छ ।
अत्याधिक सार्वजनिक बिदाले मुलुकको आर्थिक विकासमा नकारात्मक प्रभाव पारेको जनाउँदै सुझावमा त्यसलाई मिलाउन निश्चित समुदायको पर्वमा निश्चित समुदायलाई मात्रै बिदा दिइँदा उपयुक्त हुने सुझाव समेटिएको छ । आर्थिक क्षेत्रसँग सम्बन्धित ऐनलाई ग्राह्यता, संघीयताका चुनौती, वैदेशिक व्यापार, बैंकिङ क्षेत्रका समस्या समाधान गर्नसमेत आग्रह गरिएको छ ।
कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले निजी क्षेत्रलाई विश्वासमा लिएर नै आर्थिक समृद्धिका लागि आफूहरु अग्रसर हुने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा चेम्बरका निवर्तमान अध्यक्ष सुरेशकुमार बस्नेत, वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष कमलेशकुमार अग्रवाल, महेन्द्रमान श्रेष्ठ, दीपककुमार मलहोत्रा, इच्छाराज तामाङ, भाष्करराज राजकर्णिकारलगायत सहभागी हुनुहुन्थ्यो ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
बेलायतमा नेपाली विद्यार्थीहरूलाई समुदायद्वारा थप सहयोग गर्न आह्वान
बेलायतमा अध्ययन सकेपछि स्वदेश फर्केर योगदान दिन नेपाली विद्यार्थीलाई कावा राजदूतको आग्रह
मध्यपूर्वमा अमेरिकी सैन्य साइटहरूमा इरानको व्यापक आक्रमण
बेलायतमा बीसीसी यूकेले भव्यताका साथ मनायो २५७० औँ बुद्ध जयन्ती
विश्वकप लिग-२ : युएईमाथि नेपालको जित
गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
लन्डन म्याराथन सम्पन्न, केन्याका सबास्टिन सावेले रचे नयाँ इतिहास
नेपाली राजदूतावास लन्डन परिसरमा नेपाली बालबालिकाले गरे वृक्षरोपण
राजा एडवर्ड सातौं पार्क: वेम्बलीको मुटुमा एक शान्त छहारी !
नेपाल पत्रकार महासंघ यूकेले १० जुलाईमा १५औं स्थापना दिवस मनाउने