
लन्डन । डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको प्रथम अधिवेशन तथा वार्षिक साधारण सभा २५ फेब्रुअरी २०१८, आइतबार प्लमस्टिड, लन्डनस्थित गेसो हलमा सम्पन्न भएको छ । अधिवेशनले पहिलेकै तदर्थ समितिका पदाधिकारीहरुलाई चयन गरेको जानकारी अध्यक्ष सुमलकुमार गुरुङले दिएका छन् ।
श्रीचन्द्र गुरुङ, हरिगोविन्द गुरुङ र केश गुरुङ रहेको तीन सदस्यीय निर्वाचन मण्डलले नयां कार्यसमिति चयन गरेको छ । जसमा पुनः अध्यक्ष सुमलकुमार गुरुङको नेतृत्वमा उपाध्यक्षद्वय हितमान गुरुङ, मिना गुरुङ, महासचिव योगेश गुरुङ, सचिव हेम छन्त्याल, कोषाध्यक्ष सूर्जा गुरुङ, सह-कोषाध्यक्ष सुशिल प्रजापति, प्रोपर्टी सचिव मन छन्त्याल तथा मण्डप सचिव चन्द्रप्रसाद गुरुङ सहित बढिमा २५ जना सदस्यहरु पछि थप गर्ने गरी नयां कार्यकारी समिति चयन गरिएको हो । शपथ ग्रहण पश्चात अध्यक्ष गुरुङले विधानले दिएको जिम्मेवारी वहन गर्ने प्रतिवद्धता सहित सबैलाई धन्यवाद दिए ।
दक्षिणपूर्व लण्डन क्षेत्रमा एउटा बौद्ध गुम्बाको आवश्यकता महशुस गर्दै यहांका नेपाली मिलेर सन् २०१६ मार्चमा डायमन्ड बुद्धिस्ट सेन्टर यूके गठन भएको थियो । शुरुमा नर्थ लण्डन, इज्लिङटनस्थित पल्युल सेन्टरलाई यस क्षेत्रमा सार्ने आश्वासन भएपनि कारणवस सो कार्य पूरा नभएकाले अब उपरान्त संस्थाकै पहलमा बौद्ध गुम्बा निर्माण गर्ने अभियान शुरु गरिएको अध्यक्ष गुरुङले बताए ।
औपचारिक कार्यक्रम संस्थाका महासचिव योगेश गुरुङले सञ्चालन गरेका थिए । संस्थाका अध्यक्ष गुरुङको अध्यक्षतामा सम्पन्न अधिवेशनमा संस्थाका उपाध्यक्ष हितमान गुरुङले स्वागत मन्तव्य दिए । एनआरएनए आइसीसी अनरेरी सदस्य मोहन गुरुङ, आरजीएनएसका अध्यक्ष हरिगोविन्द गुरुङ, बेक्सली हिथ नेपाली समाजका अध्यक्ष केश गुरुङ, समाजका सह-कोषाध्यक्ष तथा साउथ इष्ट लन्डन पासा पुच गुठीका अध्यक्ष सुशील प्रजापति, सचिव हेम छन्त्याल, सल्लाहकार राम गुरुङ तथा चन्द्रकला गुरुङले समेत शुभकामना सहित आ आफ्ना भनाइ राखेका थिए ।
अधिवेशनमा महासचिव योगेश गुरुङले संस्थाको प्रतिवेदन, कोषाध्यक्ष सूर्जा गुरुङले आय व्यय प्रतिवेदन र अध्यक्ष गुरुङले संस्थाको प्रारुप विधान प्रस्तुत गरेका थिए । सामान्य छलफल पश्चात सबै प्रतिवेदन र विधान सभाले अनुमोदन गरी पारित गरेको थियो । त्यसपछि अध्यक्षले धन्यवाद ज्ञापन गरी तदर्थ समिति विघटनको घोषणा गरेका थिए ।
पहिलो चरणको कार्यक्रम सकिए पश्चात बन्दसत्र राखिएको थियो ।
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन