
लण्डन, १० फागुन – यूरोपियन यूनियन (इयू) बाट बेलायतको बहिर्गमन प्रक्रियामा आएको अनिश्चितताले गर्दा बेलायतको अर्थतन्त्रमा पहिले अपेक्षा गरे अनुसार फैलावट हुन नसकेको बेलायतद्वारा बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ ।
सन् २०१७ को कुल ग्राहस्थ उत्पादन वृद्धि १.७ प्रतिशतमा सीमित भएको राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा बिहीबार दोहोराएर गरेको अनुमानमा उल्लेख गरिएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले यस पहिले कुल ग्राहस्थ उत्पादनमा सन् २०१६ को तुलनामा सन् २०१७ मा केही कमी आई १.८ प्रतिशतमा रहने प्रक्षेपण गरेको थियो ।
बेलायतको बार्षिक वृद्धिदर सन् २०१२ पछिको सबैभन्दा कम विन्दुमा पुगेको थियो ।
तथ्याङ्क कार्यालयले सन् २०१७ को अन्तिम त्रैमासिकका लागि प्रक्षेपण गरिएको वृद्धिदर ०.५ प्रतिशत रहेकोमा त्यसबाट पनि तल भरी ०.४ प्रतिशतमा खुम्चिन पुगेको थियो ।
यो तथ्याङ्क बेलायतले सन् २०१६ को अन्त्यपछि पहिलो पटक बेरोजगार दरमा वृद्धि भएको सार्वजनिक गरेको एक दिनपछि आएको छ ।
‘बेलायतको अर्थतन्त्र विकास नहुनुमा उच्च मुद्रास्फिति दर कायम रहनुलाई दोषी मानिएको छ र बेलायतमा पूर्वानुमान गरिएभन्दा अर्थतन्त्रमा फैलावट आएको देखिने गरेको छैन’- बेलायती अर्थविज्ञ तथा विश्लेषक नाईम अस्लामले बताउनुभयो- ‘अहिले ब्रेक्जिट अर्थतन्त्र लगायतका अन्य समस्याको सवैभन्दा ठूलो चुरो बनेको छ, जसले सवै गतिविधिलाई दवावमा राखेको छ ।’
ब्रेक्जिटबारे जति लामो अनिश्चतता सामना गर्नुपरयो यसको अर्थतन्त्रमा त्यति नै खराब असर पर्ने अस्लामले बताउनुभयो ।
बेलायतमा ‘फस्ट तामाङ फेस्टिभल लन्डन २०२६’ हुँदै, नेपालबाट चर्चित कलाकार आउने
सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ : परराष्ट्रमन्त्री शिशिर खनाल [अन्तर्वार्ता]
इङ्ग्ल्यान्ड फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
भेनेजुएलामा शक्तिशाली भूकम्प : १ हजार ९४३ को मृत्यु पुष्टि, १० हजारभन्दा बढी घाइते [अपडेट]
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न