
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी एकीकरणको सहमतिपछि मंगलबार चितवनमा पत्रकारसँग कुरा गर्नुहुँदै । तस्वीर – नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस
रत्ननगर, चितवन, ८ फागुन – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ निर्वाचन अघि नेकपा (एमाले)सँग गरेको सहमतिअनुसार नै पार्टी एकता भएको बताउनुभएको छ ।
भरतपुर महानगरपालिका–२२ मा रहेको अमर माध्यामिक विद्यालयको वार्षिकोत्सवलाई सम्बोधन गर्दै उहाँले दुई पार्टीबीचको एकताले अब नेपाललाई समृद्ध, विकास र सुशासनतर्फ अगाडि बढाउने उद्घोष गर्नुभयो ।
यही विद्यालयमा आफूले फुटबल प्रतियोगिता खेलेको स्मरण गर्दै अध्यक्ष दाहालले उक्त स्थानमा भावनात्मक सम्बन्ध जोडिएको उल्लेख गर्नुभयो ।
चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका दाहालले भरतपुर–जगतपुर तथा भरतपुर–मेघौली सडक कालोपत्रे हुने आश्वासन दिनुभयो । उहाँले निकुञ्ज आसपास क्षेत्रका जनतालाई जंगली जनावरले सास्ती दिएको भन्दै तत्कालै तारजालीको काम अघि बढ्ने बताउनुभयो ।
सो अवसरमा अध्यक्ष दाहालले विद्यालयका पूर्वविद्यार्थीलाई सम्मान गर्नुभएको थियो ।
यसैबीच आजै अपराह्न चितवनको नारायणगढस्थित क्याम्पाचौरमा आजदेखि शुरु भएको ‘विकास रनिङ शिल्ड फुटबल’ प्रतियोगिताको समेत उहाँले उद्घाटन गर्नुभयो । सो क्रममा उहाँले नारायणगढको क्याम्पाचौरलाई ‘मिनी स्टेडियम’ बनाउन पहल गर्ने बताउनुभयो ।
आजको उद्घाटन खेलमा फ्रेण्डस् क्लब ललितपुरले विजयी शुरुआत गरेको छ । उसले विजय युथ क्लब हेटौंडालाई १–० अन्तरले पछि पारेको हो ।
उक्त खेलको विजेताले रु पाँच लाख पुरस्कार पाउने छ भने उपविजेताले रु दुई लाख ५० हजार पुरस्कार पाउने छ ।

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा