काठमाडौँ-जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रप्रमुख र सरकार प्रमुखको निवास, प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबार आसपासका ६ स्थानलाई निषेधित क्षेत्र तोकेको छ ।
जिल्ला सुरक्षा समिति, काठमाडौँको सिफारिश तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३० बमोजिम अर्को आदेश नभएसम्मका लागि प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माबाट जुलुस, प्रदर्शन, धर्ना, घेराउजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाउने गरी निषेधित क्षेत्र तोक्ने आदेश भएको जिप्रकाले आज जारी गरेको सूचनामा उल्लेख छ ।
राष्ट्रपति कार्यालय रहेको शीतलनिवास आसपासको क्षेत्र, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार, संघीय संसद् भवन रहेको नयाँ बानेश्वर, सिंहदरबार, उपराष्ट्रपतिको निवास सामाखुशीबाट कपुरधारा जाने मोड, निर्वाचन आयोग रहेको कान्तिपथ आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।
सूचनाविपरीत कुनै कार्य गरे कानुनअनुसारको कारबाही हुने जिप्रका काठमाडौँले जनाएको छ ।
आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा