काठमाडौँ-जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रप्रमुख र सरकार प्रमुखको निवास, प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबार आसपासका ६ स्थानलाई निषेधित क्षेत्र तोकेको छ ।
जिल्ला सुरक्षा समिति, काठमाडौँको सिफारिश तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३० बमोजिम अर्को आदेश नभएसम्मका लागि प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माबाट जुलुस, प्रदर्शन, धर्ना, घेराउजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाउने गरी निषेधित क्षेत्र तोक्ने आदेश भएको जिप्रकाले आज जारी गरेको सूचनामा उल्लेख छ ।
राष्ट्रपति कार्यालय रहेको शीतलनिवास आसपासको क्षेत्र, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार, संघीय संसद् भवन रहेको नयाँ बानेश्वर, सिंहदरबार, उपराष्ट्रपतिको निवास सामाखुशीबाट कपुरधारा जाने मोड, निर्वाचन आयोग रहेको कान्तिपथ आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो ।
सूचनाविपरीत कुनै कार्य गरे कानुनअनुसारको कारबाही हुने जिप्रका काठमाडौँले जनाएको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार