काठमाडौं- अदालतको अवहेलनासम्बन्धी मुद्दामा मंगलबार डा गोविन्द केसीले सर्वोच्च अदालतमा पुगी तारेख बुझेका छन् । डा केसीले अदालतको अवहेलनासम्बन्धी मुद्दामा अर्को पेशी फागुन १५ गतेका लागि तोकिएको छ ।
डा केसीले अदालतमा बुझाएको लिखित जवाफमा गलत निर्णय र काम गर्ने न्यायाधीशको बारेमा बोल्दा अदालतको अवहेलना नहुने जवाफ पेश गरेको अदालतका सहप्रवक्ता नागेन्द्र कालाखेतीले जानकारी दिए । न्यायालयको शुद्धीकरणका लागि आफूले यो कदम चाल्नुपरेको डा केसीको भनाइ छ । सर्वोच्च अदालतको गत पुस २६ गतेको आदेशअनुसार डा केसी मंगलबार अदालतमा हाजिर हुन आएका हुन ।
अदालतले वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीको रोहबरमा अदालतमा उपस्थित गराउने गरी डा केसीलाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो । डा केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले पदीय मर्यादा विपरीत काम गरेको अभिव्यक्ति दिएर अनशन शुरु गरेपछि अदालतले अवहेलना मुद्दामा पक्राउ गरी अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
अन्तरिमकालमा राहदानी सेवा अवरुद्ध हुनसक्ने विभाग नेपालको प्रष्टोक्ति
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
बेलायतमा शिम्मी पुनलाई ‘रोयल बरो अफ ग्रिनिच सिभिक अवार्ड्स’
बेलायत सरकारद्वारा अध्यागमन नियममा व्यापक सुधारको घोषणा
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]